― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsजेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित – KhabarHost

जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित – KhabarHost


राष्ट्रिय

समाचार.

  • बाराको सिमरामा जेनजीहरूले प्रशासनसँग भएको मौखिक सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।
  • जेनजी संयोजक सम्राट उपाध्यायले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।
  • प्रशासनले जेनजीका ६ मागमा मौखिक सहमति जनाउँदै दोषीलाई कारबाही र घाइतेको उपचारको प्रतिबद्धता जनाएको छ।

५ मंसिर, बारा । बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् ।

शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् ।

बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको भन्दै दोषीलाई कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाहरूको सुरक्षा गर्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकारीबाट प्रतिबद्धता आएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।

‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौं, लिखित सहमति गरिएको छैन,’ उपाध्यायले भने ।

शनिबार र आइतबार दुई दिन पर्खेर प्रशासनले सहमति कार्यान्वयनमा आलटाल गरे आन्दोलनका कार्यक्रम फेरि सार्वजनिक गर्ने उपाध्यायको भनाइ छ ।

‘हामी सोमबारसम्म हेर्छौं, उहाँहरूको प्रतिबद्धता कार्यान्वयन हुने देखिएन भने सडकबाटै न्याय माग्छौं,’ उपाध्यायले भने ।

प्रशासनसँगको छलफलपछि उपाध्यायले आफूहरूको आन्दोलन स्थगित मात्रै भएको बताए ।

‘हाम्रो आन्दोलन सकिएको होइन, स्थगित मात्रै भएको हो,’ उनले भने ।

बुधबारको घटनामा संलग्न सबैलाई कारबाही नभएसम्म आफूहरूको आन्दोलन नसकिने उपाध्यायको भनाइ छ ।

किन भएन सहमति ?

करिब चार घण्टा चलेको छलफलमा जेनजीले प्रशासन समक्ष ६ वटा माग पेस गरेर लिखित सहमति मागेका थिए । तर, बाराका प्रमुख जिल्ला अधिकारीले लिखित रूपमा सहमति गर्ने अधिकार आफूसँग नभएको भन्दै मौखिक रूपमा आफूलाई विश्वास गर्न आग्रह गरे ।

‘म यहाँ तपाईहरूसँग सहमतिभन्दा पनि छलफल गर्न आएको हुँ, मेरो विश्वासमा मानिदिनुस् दोषीलाई कारबाही हुन्छ,’ सीडीओ मिश्रले भने ।

सुरुमा स्थानीय जेनजी युवाहरूले लिखित सहमतिलाई पहिलो म्यान्डेट बनाएका थिए । तर छलफल चल्दै गर्दा प्रवेश गरेका जेनजीका अगुवा सुदन गुरुङले मौखिक सहमतिमै पनि प्रमुख जिल्ला अधिकारीलाई विश्वास गर्न सकिने भन्दै छलफल टुंग्याए ।

‘सीडीओ जत्तिको मान्छेले क्यामेराका अघि बोलेका कुरामा हामीले विश्वास गर्नुपर्छ,’ गुरुङले भने ।

तर जेनजीसँग भएको छलफलमा सहमति जुटेका विषयलाई विज्ञप्तिका रूपमा प्रशासनले प्रकाशन गर्ने प्रतिबद्धता सीडीओ मिश्रले जनाएका छन् ।

सुदनले मागे लिखित सम्झौता, सीडीओले गरे ‘इमोस्नल’ कुरा

छलफल गरेर उठ्ने बेलासम्म सुदनले प्रमुख जिल्ला अधिकारीसँग लिखित सम्झौता मागिरहेका थिए ।

‘सबैभन्दा ठूलो प्रमाण हो, हामीलाई लिखित सहमति चाहिन्छ, त्यो बलियो हुन्छ,’ सुदनले प्रमुख जिल्ला अधिकारीलाई भने ।

सुदनले त्यसो भनेपछि प्रमुख जिल्ला अधिकारीले माथि समन्वय गर्नुपर्ने भएकाले आफ्नो समस्या बुझिदिन आग्रह गरे ।

सुदनले माथि समन्वय गरेर आइतबारसम्म सहमतिलाई लिखित दस्तावेज बनाउन समय दिए ।

‘तपाईं माथि समन्वय आजै गर्नुहोला, माथि भन्न पर्छ भने म पनि भन्दिउँला,’ सुदनले प्रमुख जिल्ला अधिकारीलाई भने ।

तर प्रमुख जिल्ला अधिकारीले फेरि मौखिक सहमतिलाई नै विश्वास गर्न आग्रह दोहोर्‍याए ।

‘यहाँहरूले सीडीओलाई विश्वास गदिर्नु भयो भने मेरो पनि मोरल हाई हुन्छ, मलाई पब्लिकले विश्वास नगर्ने हो भने म यहाँ किन बस्नू,’ मिश्रले सुदनसँग भने ।

त्यसपछि अन्त्यमा सीडीओ कार्यालयको तर्फबाट विज्ञप्ति निकाल्ने भन्दै प्रशासन–जेनजी संवाद टुंगिएको थियो ।

के–के छन् जेनजीका मागहरू ?

१. सुरक्षामा कमजोरी गर्ने बाराका एसपी सन्तोष तामाङसहित जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्ने ।

२. जेनजी प्रदर्शनकारी र प्रदर्शनमा सहयोग गर्ने सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ।

३. जेनजीलाई हातपात गर्ने सबैलाई हदैसम्मको कारबाही हुनुपर्ने ।

४. जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन हुनुपर्ने ।

५. राज्यको तर्फबाट घाइतेको निशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्थापन हुनुपर्ने ।

६. सुरुको जाहेरीमा नाम उल्लेख नभएका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पूरक जाहेरी लिएर नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने ।

जेनजीका ६ वटै मागमा प्रशासनले मौखिक सहमति जनाएको छ । जाहेरी परेदेखि फरार रहेका व्यक्तिहरूलाई कहिलेसम्म पक्राउ गर्ने भन्ने विषयमा प्रश्न उठेपछि बाराका प्रहरी प्रमुख सन्तोष तामाङले समय तोक्न नमिल्ने भन्दै यथासक्य चाँडो पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेनजीलेपछि नाम दिएका व्यक्तिहरूको हकमा प्रहरीले पूरक जाहेरी लिने एसपी तामाङले बताएका छन् ।

घाइतेहरूको उपचार र क्षतिपूर्तिको विषयमा सीडीओ मिश्रले उपल्लो निकायमा समन्वय गरेर जानकारी गराउने बताएका छन् ।

सीडीओ मिश्रले भने, ‘जेनजीमाथि आक्रमण गर्न ६ जनाविरुद्ध उजुरी परेको छ । तीमध्ये ३ जना पक्राउ परिसकेका छन् । उहाँहरूले अझै ३ जना पक्राउ गर्नुपर्ने माग राखेका छन् । हामीले पनि घटनामा संलग्नहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जाहेर गरेका छौं । प्रशासनको प्रतिबद्धतापछि उहाँहरूले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्नु भएको छ ।’

जेनजी युवाको सुरक्षाको सवालमा नागरिकको सुरक्षा गर्नु आफुहरूको कर्तव्य रहेको भन्दै सीडीओ र एसपी दुवै जनाले कसैले धम्की दिएमा आफूहरूलाई तत्काल खबर गर्न आग्रह गरेका छन् ।

प्रशासनसँगको छलफलमा जेनजी युवाहरू आफ्ना बारा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा गएका थिए ।

पछि जनकपुरबाट आएका सुदन गुरुङ, पुरुषोत्तम यादव र मधेश प्रदेशका संयोजक शिव यादव पनि वार्तामा सहभागी भएका थिए । आन्दोलनरत पक्षबाट कपिल खरेल, आयुष न्यौपाने लगायतका युवाहरूको वार्ता टोलीमा सहभागिता थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको प्रशासनको टोलीमा बारास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More