― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeविजनेसजेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर – KhabarHost

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर – KhabarHost


शेयर माग्दै जेनजीका नाममा आन्दोलित भएकाहरू


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भोटेकोशी गाउँपालिकाको स्थानीय समूहले जेनजी आन्दोलनमा ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा माग्दै आयोजनाको कामकाज एक महिनासम्म बन्द गराएको थियो।
  • आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत नि:शुल्क शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजनाको सञ्चालन पुनः सुरु भएको छ।
  • सम्झौता पत्रमा ६ प्रतिशत शेयर दिने पुरानो सम्झौतामा ४ प्रतिशत थप गरी जम्मा १० प्रतिशत शेयर स्थानीय जलविद्युत् उत्पादन क्षेत्रका प्रभावित जनता समेटी लगानी गर्ने कम्पनीलाई दिने सहमति गरिएको उल्लेख छ।

२७ असोज, काठमाडौं । जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर लिएको छ ।

भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो ।

आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ ।

सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।

२० हजार शेयर सदस्यको कम्पनी खोली १० प्रतिशत शेयर बिक्री गरिएको र डिभिडेन्ड र बोनसबाट बिक्री शेयरको पैसा मिलाउने गरी दिने सहमती भएको स्रोतले जनायो ।

यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई  ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर नि:शुल्क मागेको थियो ।

कम्पनीले १० प्रतिशत शेयर दिन तयार भएको तर नि:शुल्क भने दिन नसकिने बताएको थियो । त्यसैले एक महिनासम्म आयोजना बन्द थियो ।

तर आइतबार ‘भोटेकोशी जेनजी ग्रुप’ र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत सेयर लेनदेन सम्झौता भएको छ ।

‘भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो,’ सम्झौता पत्रमा भनिएको छ, ‘दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।’

हेर्नुहोस् सम्झौतापत्र

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More