― Advertisement ―

ब्रेभिल बरिस्टा टच इम्प्रेस मेरो आवश्यकताको लागि उत्तम कफी मेसिन हो — र यो अब असाधारण मूल्य भएको छ हाम्रो विशेष छुटको लागि धन्यवाद।

ब्रेभिलले केही <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" बनाउँछ data-url="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/best/best-coffee-machines, in Australian सुविधाजनक, प्रयोग गर्न-गर्न-सजिलो मेसिनहरूमा क्याफे-गुणस्तरको कफी निकासी मिलाएर किचन काउन्टरटपमा स्थानको गर्व...
HomeLatest newsजेनजी आन्दोलनमा भागेका वैदेशिक रोजगार ठगीका ३३ अभियुक्त अझै आएनन् सम्पर्कमा

जेनजी आन्दोलनमा भागेका वैदेशिक रोजगार ठगीका ३३ अभियुक्त अझै आएनन् सम्पर्कमा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • वैदेशिक रोजगार ठगीका ३३ अभियुक्त २३ र २४ भदौको जेनजी आन्दोलनपछि फरार भएका छन् र अझै सम्पर्कमा आएका छैनन्।
  • २४ भदौको आगजनीमा कालीमाटी प्रहरी वृत्तमा रहेका ३४ अभियुक्त भागेका थिए, जसमा ३३ जना वैदेशिक रोजगार ठगीका थिए।
  • वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले फरारमध्ये एक जना मात्र सम्पर्कमा आएको र अनुसन्धानपछि मुद्दा चलाउने जानकारी दिनुभयो।

१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार ठगी कसुरमा फरार रहेका ३३ अभियुक्त अझै सम्पर्कमा आएका छैनन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा फरार ३४ अभियुक्तमध्ये ३३ जना अझै सम्पर्कमा नआएका हुन् ।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । तर, २४ भदौमा वृत्तमा आगजनी तथा तोडफोड भएपछि वृत्तको थुनामा रहेका अभियुक्तहरू भागेका थिए । जसमा ३४ जना वैदेशिक रोजगार सम्बन्धी ठगीका अभियुक्त पनि थिए ।

तीमध्ये एक जना आफैं सम्पर्कमा आएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

फरारमध्ये एक जना मात्रै सम्पर्कमा आएको र अन्य अझै फरार रहेको उनको भनाइ छ । फरार अभियुक्तहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गर्दै आएको छ ।

जेनजी आन्दोलन क्रममा आगजनी हुँदा विभागसमेत पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगजनीका कारण विभागभित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका थिए ।

यतिबेला वैदेशिक रोजगार कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह हुँदै आएको छ । प्रवक्ता शिवाकोटीले ठगीको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ ।

अनुसन्धानपछि विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलाउने गरेको छ भने अधिकांश केशमा दुवै पक्षबीच मेलमिलाप गराउने गरिएको छ ।





Read More