― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsजेनजी आन्दोलनमा बुढानीकलण्ठको वडा कार्यालय आगजनी गर्ने पक्राउ

जेनजी आन्दोलनमा बुढानीकलण्ठको वडा कार्यालय आगजनी गर्ने पक्राउ



१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्की छन् । उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनले बुढानीकलण्ठ नगरपालिका–१० को वडा कार्यालय तोडफोड र आगजनी गरेको आरोप छ । कपनबाट पक्राउ परेका उनलाई प्रहरी बौद्धको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।





Read More