― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
Homeराष्ट्रिय समाचारजुवातास खेलेको आरोपमा १ लाख ७२ हजारसहित ५ जना पक्राउ

जुवातास खेलेको आरोपमा १ लाख ७२ हजारसहित ५ जना पक्राउ


राष्ट्रिय

समाचार.

  • काठमाडौं चन्द्रागिरी नगरपालिका–६ की ४४ वर्षीया सरिता गिरीसहित पाँच जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा मकवापुर, धादिङ र चन्द्रागिरीका विभिन्न उमेर समूहका पुरुषहरू पनि छन्।
  • प्रहरी वृत्त थानकोटको टोलीले उनीहरूलाई सरिताको घरमा कौडा खेलिरहेको अवस्थामा आइतबार दिउँसो पक्राउ गरेको हो।
  • उनीहरूबाट १ लाख ७२ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ।

१६ कात्तिक, काठमाडौं । जुवातास खेलेको आरोपमा एक लाख ७२ हजार रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ कि ४४ वर्षीया सरिता गिरी, मकवापुरका ३२ वर्षीय राजु लामा, धादिङका ३६ वर्षीय नारायण अधिकारी, धादिङकै ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरीका ३४ वर्षीय शनि खड्का र मकवानपुरका २७ वर्षीय सम्राट स्याङ्तान छन् ।

उनीहरूलाई प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । उनीरुबाट १ लाख ७२ हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकी गिरी घरबेटी हुन् ।

उनकैको चारतले घरको भुईँ तलाम कौडा खेलेको अवस्थामा प्रहरीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।





Read More