― Advertisement ―

Claude Cowork अब उद्यम प्रयोगको लागि उपलब्ध छ, विश्लेषण, पहुँच नियन्त्रण र थप थप्छ

Claulyde कामको लागि सामान्य भुक्तानी उपलब्ध छ ग्राहकहरूइन्टरप्राइज योजनाहरूले नयाँ पहुँच नियन्त्रण, शासन र थप कुराहरू पाउँछन्Zoom ले आफ्नो AI कम्पेनियनलाई एकीकृत गर्न MCP...
Homeविजनेसजिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्रीलाई पत्र

जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्रीलाई पत्र


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्री ओम प्रकाश अर्याललाई पत्र लेखेको छ।
  • महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले पछिल्ला आन्दोलनका क्रममा भएको घुसपेठ, तोडफोड र आगजनीबाट निजी क्षेत्र प्रभावित भएको पत्रमा उल्लेख गरेका छन्।
  • पत्रमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सरकार र निजीक्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता र व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गराउन गृहमन्त्री ओम प्रकाश अर्याललाई पत्र लेखेको छ ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले गृहमन्त्रीलाई पत्राचार गर्दै यस्तो माग गरेका हुन् । पत्रमा उनले पछिल्ला आन्दोलनका क्रममा भएको घुसपेठ र तोडफोड तथा आगजनीको विषय समावेश गरेका छन् ।

यसबाट निजी क्षेत्र प्रभावित भएको पत्रमा उल्लेख छ । व्यवसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्र बीच समन्वय तथा सहकार्य हुनुपर्ने उनको भनाइ छ ।

यसका लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सरकार र निजीक्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता महसुस गरिएको पत्रमा उल्लेख छ । पत्रमा जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न माग गरिएको छ ।

यस्तो संयन्त्रमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिलाई सहभागि गराउने व्यवस्था मिलाउन भनिएको छ । स्थानीय प्रशासन र निजी क्षेत्रबीच समन्वय मजबुत हुने, व्यवसायिक जोखिम घटाउने र आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने समेत महासंघले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More