― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeअन्तर्राष्ट्रियजापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने, २५० बोट चेरी उपहार

जापानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने, २५० बोट चेरी उपहार



टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्।

भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।

ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। दुवै नेताबीचको भेटमा व्यापार र सुरक्षा सम्बन्धी विषयहरूलाई प्राथमिकता राख्दै छलफल भएको थियो ।

ताकाइचीले जापानले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा आगामी वर्ष २५० ओटा चेरीका रूख उपहारस्वरूप दिने घोषणा गरेकी छन् । साथै, उनले ट्रम्पलाई अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि जापानले औपचारिक सिफारिस गर्ने घोषणा समेत गरिन् ।

ट्रम्प सोमबार जापान पुगेका थिए, जहाँ उनले सम्राट नारुहितोसँग भेट गरेका थिए। मंगलबार दिउँसो उनी प्रधानमन्त्री ताकाइचीसँगै योकोसुका नौसैनिक अड्डाको निरीक्षण गर्न जाने कार्यक्रम छ । त्यहाँ अमेरिकी विमानवाहक पोत यूएसएस जर्ज वासिङ्टन तैनाथ छ।

अमेरिकामा ५५० अर्ब डलर लगानी गर्दै जापान

ट्रम्प र ताकाइचीले मंगलबार व्यापार र ‘रेयर अर्थ मिनरल्स’ सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलरको लगानी गर्नेछ।

यसको सट्टामा अमेरिका जापानी निर्यातमा १५ प्रतिशत मात्र ट्यारिफ लगाउनेछ।

‘रेयर अर्थ मिनरल्स’ सम्बन्धी सम्झौताले इलेक्ट्रोनिक्सका लागि आवश्यक खनिजहरूको आपूर्ति शृङ्खला मजबुत बनाउने लक्ष्य राखेको छ। विश्लेषकहरूका अनुसार यो कदमले ट्रम्पमाथि जापानको रक्षा खर्च बढाउनुपर्ने दबाब केही हदसम्म घटाउने सम्भावना छ।

ट्रम्पले जापानले आफ्नै सेनामा थप खर्च गर्नुपर्ने माग गर्दै आएका छन्। ताकाइचीले हालै जापानले आफ्नो रक्षा बजेटलाई राष्ट्रिय जीडीपीको २ प्रतिशतसम्म बढाउने बताएकी थिइन् ।

भेटका क्रममा ट्रम्प र ताकाइचीले दिवंगत जापानी प्रधानमन्त्री शिन्जो आबेलाई पनि स्मरण गरेका थिए । ताकाइचीले ट्रम्पलाई आबेको गोल्फ क्लब उपहारका रूपमा दिने घोषणा गरिन्।

दक्षिण कोरियामा सीसँग भेट्दै ट्रम्प

जापान भ्रमणपछि ट्रम्प दक्षिण कोरिया पुग्नेछन्, जहाँ उनी एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनमा सहभागी हुनेछन्। त्यहाँ ट्रम्पको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता हुने तय छ।

ट्रम्प चीनसँग नयाँ व्यापार सम्झौता गर्न इच्छुक छन्, जसले लामो समयदेखि चलिरहेको व्यापार युद्ध अन्त्य गर्न मद्दत गर्न सक्छ।

प्रस्तावित सम्झौतामा अमेरिकी सोयाबिन खरिद, दुर्लभ खनिजमाथि लगाइएको प्रतिबन्ध हटाउने र फेन्टानिल जस्ता औषधिका कच्चा पदार्थमाथि नियन्त्रण गर्ने विषयहरू समावेश छन्।

अमेरिकाले फेब्रुअरी २०२५ मा चीनमाथि १० प्रतिशत ट्यारिफ लगाएको थियो, जुन अप्रिलसम्म बढेर १४५ प्रतिशत पुगेको छ।

-एजेन्सीहरूको सहयोगमा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More