― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsजाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण

जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जेन–जी आन्दोलनमा भएको दमन र आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा गैरसरकारी संस्थाहरूलाई आएको वैदेशिक सहायताको विवरण समाज कल्याण परिषद्सँग मागेको छ।
  • आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विवरण मागिएको पुष्टि गर्दै भने, हामीले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्‌बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका हौं।
  • समाजकल्याण परिषद्‌मा वैदेशिक सहायताबाट सञ्चालित गैरसरकारी संस्थाहरूको मात्र विवरण हुने र अन्य संस्थाहरूले जिल्ला प्रशासन कार्यालयमा विवरण बुझाउने कार्कीले खुलाए।

१० असोज, काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विवरण मागिएको पुष्टि गरे । ‘हामीले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्‌बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका हौं,’ उनले अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा भने, ‘विवरण मागिएको हो । त्यो बाहेक अहिले अरू केही होइन ।’

जेन–जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि कतिपयले प्रश्न उठाएका छन् । त्यही पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्‌बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।

कुनै निश्चित संस्था वा ठाँउ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताए ।

जेन–जी आन्दोलनमा सक्रिय भएका कतिपय संस्थाहरूमाथिको अनुदानबारे कतिपयले सार्वजनिक वृत्तमा प्रश्न उठाएका थिए ।

दातृ निकाय तथा नेपालमै रहेका कतिपय कम्पनीहरूले गरेको सहयोगमाथि प्रश्न उठेको बेलामा आयोगले गैरसरकारी संस्थाहरूको आम्दानी र उनीहरूको कार्यक्रम सहित खर्चको विवरण मागेको हो ।

आयोगले विवरण मागेपनि समाजकल्याण परिषद्‌मा वैदेशिक सहायताबाट सञ्चालित हुने गैरसरकारी संस्थाहरूको मात्रै विवरण हुन्छ ।

नेपालभित्रै सञ्चालित र नेपालबाटै विभिन्न उपायले अनुदान पाउने संस्थाहरूले भने समाजकल्याण परिषद्‌मा नभई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण र लेखापरीक्षण प्रतिवेदन बुझाउने गर्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More