― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
HomeLatest newsजसपा महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई एमाले प्रवेश

जसपा महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई एमाले प्रवेश



५ माघ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका थिए ।

सोही कार्यक्रममा जसपाबाट जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका थिए । प्रदीप र इश्तियाक दुवै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदका सदस्य हुन् ।

को हुन् मोहम्मद इश्तियाक राई ?

२०३६ कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लागेर राजनीतिमा आएका थिए ।

राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो), प्रवेश गरे । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भए । आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र पक्राउ परेर हिरासतमा बसे ।

मोहम्मद इश्तियाक राईलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओली

मोहम्मद इश्तियाक राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मजफोको उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री भए ।

ओलीले असंवैधानिक बाटोबाट विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा पनि उनी केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बने ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका मुस्लिम समुदायका राई नेपालगञ्जको शहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा योगदान गरेको दावी गर्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More