― Advertisement ―

HomeLatest newsजन्मदिनमा दुर्गेशले ल्याए ‘नाच नाच भाइ नाच’, तोड्ला आफ्नै २ युट्युब रेकर्ड...

जन्मदिनमा दुर्गेशले ल्याए ‘नाच नाच भाइ नाच’, तोड्ला आफ्नै २ युट्युब रेकर्ड ?


राष्ट्रिय

समाचार.

  • गायक दुर्गेश थापाले जन्मदिन अवसरमा नयाँ गीत ‘नाच नाच भाइ नाच’ सार्वजनिक गर्नुभएको छ।
  • गीतमा दुर्गेशका छोरा दक्षितले अभिनयमा डेब्यू गरेका छन्।
  • दुर्गेशका अघिल्ला गीतले युट्युबमा ग्लोबल रेकर्ड बनाएका थिए।

काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्‍यै’ र युट्युबमा २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत ‘जाने भए जाम माया’ पछि गायक दुर्गेश थापाले जन्मदिन अवसरमा शनिबार नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘नाच नाच भाइ नाच’ बोलको यो गीतलाई शनिबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर मलको प्रांगणमा आयोजित भव्य समारोहमा सार्वजनिक गरिएको हो ।

शनिबार दुर्गेश र उनका छोरा दक्षित दुबैजनाको एकैदिन जन्मदिन हो । यो अवसरमा उनले गीत ल्याएका हुन् । रोचक के छ भने, यही गीतमार्फत दुर्गेशका छोरा दक्षितले पनि अभिनयमा डेब्यू गरेका छन् ।

दुर्गेशको शब्द तथा संगीत रहेको गीतमा उनीसहित राजेशपायल राई, वर्षा इटानी र भ्योमाको स्वर छ । भिडियोमा दुर्गेशसहित सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, भ्योमा र पेमा लामा फिचर्ड छन् । र्‍याप गायन भ्योमाको छ ।

दुर्गेशले यसअघि युट्युबमा दुई रेकर्ड रचेका छन् । पहिलो- उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ ३ दिनमै युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको थियो । दोस्रो- जाने भए जाम मायालाई २० घन्टाभित्रै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको थियो । जुन भ्यूज २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड हो ।

के नयाँ गीतले अघिल्ला यी दुई कीर्तिमान तोड्ला त ? नयाँ गीत ‘नाच नाच भाइ नाच’ शनिबार बेलुका ८ बजेर ४४ मिनेटमा युट्युबमा रिलिज भैसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More