― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsजनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ? – KhabarHost

जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ? – KhabarHost



७ मंसिर, काठमाडौं । जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो ।

आजको एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो । सो भेलाले एकतालाई अनुमोदन गरेको थियो ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए । हालसम्म शर्माले सदस्य मात्र रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्व गर्न दिएका छन् ।





Read More