― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsजनार्दन शर्माको संरक्षकत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन, चुनाव चिह्न तीन पात

जनार्दन शर्माको संरक्षकत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन, चुनाव चिह्न तीन पात



२८ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एकीकृत समाजवादी लगायतका दलसँगको एकता अस्वीकार गर्दै बाहिरिएका शर्माको संरक्षकत्वमा प्रगतिशील नागरिक पार्टी नाम राखेर आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो ।

पार्टीको अध्यक्षमा सविन सिग्देल र चुनाव चिह्न तीन पात प्रस्ताव गरिएको छ । पार्टीको केन्द्रीय समिति २५ सदस्यीय प्रस्ताव गरिएको छ ।

पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बाँस्तोला, सुशीला महतो र सचिव शुभेक्षा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली रहेका छन् ।

यस्तै सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा पराजुली, कल्पना लामा, दुर्गादेवी न्यौपाने र सीता राई रहेका छन् ।

निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो ।

तर, आज दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गरी पुन: दर्ताका लागि निवेदन दिएको हो ।

जनार्दन शर्मा नेतृत्वको समूहमा विघटित माओवादी केन्द्रका नेता राम कार्की, सुदन किराती लगायतका नेताहरू समेत छन् ।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारले यही दलमा समाहित हुने भएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पनि यही दलमा मिसिने सहमति छ । धुव्रीकरणका लागि भएको सहमति अनुसार ७ मंसिरमा एकता घोषणा गर्ने तयारी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More