― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsजनकपुरधाममा सीताराम विवाह पञ्चमी रौनक (तस्वीरहरू)

जनकपुरधाममा सीताराम विवाह पञ्चमी रौनक (तस्वीरहरू)



९ मंसिर, जनकपुरधाम । जनकपुरधाममा आज सीताराम विवाह पञ्चमीको रौनक छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।

दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर भएको हो ।

ढोल पिपही, सहनाई, बैन्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्बर गर्ने प्रचलन छ ।

डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड छ । स्वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ ।

स्वयम्बर पश्चात दुवै डोलालाई नगरपरिक्रमा गराइँदै छ । जानकी मन्दिर पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार रातभर विवाहको काज हुने छ । भोलि राम कलेवा गरी सप्ताहव्यापी विवाह पञ्चमी सम्पन्न हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More