― Advertisement ―

HomeLatest newsजगदिश्वरनरसिंह केसी – KhabarHost

जगदिश्वरनरसिंह केसी – KhabarHost


थापागाउँस्थित एक ब्यांक्वेटमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा केसी लगायत ।



१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता जगदिश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको आरोप लगाएका छन् ।

काठमाडौंको थापागाउँमा महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सिंगापुरबाट पार्टी चलेको आरोप लगाए । जेनजी आन्दोलनपछि गम्भीर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा र पत्नि आरजू राणा अहिले उपचारका लागि सिंगापुर पुगेका छन् ।

कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर देउवा थप उपचारका लागि सिंगापुर गएका हुन् ।

उनले त्यसतर्फ इंकित गर्दै पार्टी सिंगापुरबाटै निर्देशित हुन पुगेको जिकिर गरे ।

‘सानेपा निरीह छ । सिंगापुरबाट चलेको छ । सिंगापुरबाटै निर्देशित छ,’ उनले भेलामा भने, ‘सिंगापुर शक्तिशाली र बलियो भएको छ ।’

उनले निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट देउवा दम्पत्ति फर्कने अनि चुनावमा जानेगरी फर्कने तयारी रहेको समेत जिकिर गरे ।

‘निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट फर्कने अनि चुनावमा जानेगरी फर्कने तयारी छ,’ उनले भनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More