― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsछठ घाटका लागि काठमाडौं महानगरले तोक्यो ८ स्थान – KhabarHost

छठ घाटका लागि काठमाडौं महानगरले तोक्यो ८ स्थान – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि आठ स्थानमा आवश्यक व्यवस्थापन गरेको छ।
  • महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सिदह लगायत स्थानमा छठ घाट बनाइएको बताए।
  • साँढे तीन सय सरसफाइ कर्मचारी र प्रहरी परिचालन गरिएको र भक्तजनसँग शुल्क उठाउन रोक लगाइएको छ।

८ कात्तिक, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।

शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस बर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने विभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिए ।

उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लवको अगाडी, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको छ ।

 उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न हानगर प्रहरी प्रमुख पाण्डेले आग्रह गरे ।

छठ पर्व मनाउने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरूमा साढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए । छठ घाटका लागि तोकिएका स्थानमा भक्तजनसँग शुल्क उठाउन रोक लगाइएकाे पाण्डेले बताए ।

तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउनेक्रम बढ्दै गएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More