― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsचौथो जिल्लास्तरीय छात्र भलिबलको उपाधि न्यू होराइजनलाई

चौथो जिल्लास्तरीय छात्र भलिबलको उपाधि न्यू होराइजनलाई


राष्ट्रिय

समाचार.

  • बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलले जितेको छ ।
  • फाइनल खेलमा न्यू होराइजनले कालिका मानवज्ञान माविलाई २५-२०, २५-१७, २५-१९ ले पराजित गरेको हो ।
  • प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको थियो ।

१७ माघ, बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजक न्यू होराईजन इङ्लिस सेकेण्डरी स्कूलले जितेको छ ।

न्यू होराइजन स्पोर्टस् क्लबको आयोजनामा शनिबार सम्पन्न फाइनल खेलमा न्यू होराइजनले कालिका मानवज्ञान मावि बुटवललाई सोझो सेटमा पराजित गरेको हो ।

न्यू होराइजनले कालिका मावनज्ञानलाई २५-२०, २५-१७,२५-१९ ले पराजित गरेको हो ।

उपाधिसंगै न्यू होराइजनले नगद ४० हजार, उपविजेता कालिका मानवज्ञान मावि बुटवलले नगद ३० हजार,  तृतिय भएको कान्ति मावि बुटवलले नगद २० हजार र सान्त्वना भएको सैनामैना मावि सैनामैनाले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

माघ १५ गतेदेशि शुरु भएको प्रतियोगितामा न्यू होराइजनका खेलाडीहरु अनिष थापा बेस्ट प्लेयर, आयुश थापा बेस्ट डिफेन्डर, अक्षय मल्लाह बेस्ट ब्लकर, जगदिश वझा बेस्ट सेटर, प्रदीपकुमार चौधरी बेस्ट कोच तथा कालिका मानवज्ञान माविका रमन सिंजाली उदियमान खेलाडी घोषित भए ।

विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, न्यू होराईजन माविका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु वासुदेव अर्याल र राजीव श्रेष्ठ,न्यू होराइजन स्पोर्ट्स क्लबका अध्यक्ष चेतन उचै ठकुरी, संस्थापक अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष बालकृष्ण बस्याल,प्रतियोगिता संयोजक नरेन्द्र सारु,क्लबका सदस्य मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

समापनको अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले खेलकुदलाई वार्षिक नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिएर पर्याप्त बजेट विनियोजन गर्ने गरेको बताए ।

प्राचार्य लोकनाथ उपाध्यायले संस्थाले गुणस्तरीय शिक्षासंगै वद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएर विभिन्न १७ विधाका खेल प्रशिक्षक राखेर खेलकुद प्रतियोगिताहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । यस्तै काभा यू-२० महिला भलिबल प्रतियोगितामा सहभागी न्यू होराइजनकी खेलाडी प्रतिभा चौधरीलाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको थियो । क्लबले एक वर्ष छात्र भलिबल र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता गर्दै आएको छ ।





Read More