― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsचुलिँदै करमा किचलो, राजस्व बक्यौता पौने ३ खर्ब – KhabarHost

चुलिँदै करमा किचलो, राजस्व बक्यौता पौने ३ खर्ब – KhabarHost


राष्ट्रिय

समाचार.

  • आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म कर बक्यौता २ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
  • आयकरमा सबैभन्दा धेरै १ लाख ९३ हजार ६२० करदाताको २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ राजस्व बक्यौता रहेको विभागले जनाएको छ।
  • आर्थिक वर्ष २०८१/८२ मा बक्यौता संकलन लक्ष्यभन्दा कम प्रगति भएको र कर फर्स्याैट ऐन खारेज भएपछि मुद्दा नियमित अदालती प्रक्रियामा जाने भएको छ।

७ पुस, काठमाडौं । करदाता र सरकारबीचको विवादले राजस्व बक्यौता चुलिँदै गएको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म बक्यौता रकम (अपिलमा रहेको समेत) २ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये ३ लाख ३० हजार ९१२ करदाताको ९४ अर्ब ९५ करोड रुपैयाँ बक्यौता कायम भएको देखिएको छ । कर विवादपछि २ हजार ९५ करदाताको १ अर्ब ८० अर्ब रुपैयाँ अपिल बक्याैतामा रहेको छ । जसले गर्दा गत आर्थिक वर्षको अन्तिमसम्म पौने ३ खर्ब बक्यौता कायम रहेको विभागको तथ्यांक छ ।

नेपालमा व्यवसाय, रोजगारी र लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन २०५८ को दफा ९६ अनुसार स्वयम् घोषणा गरी आय विवरण पेश गर्नुपर्छ । आय विवरण बमोजिमको रकम तोकिएको समयभित्र दाखिला नगरेमा त्यो बक्यौता कायम हुन्छ ।

यसबाहेक कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्त: शूल्कसहितका कर निर्धारण भई तोकिएको समय भित्र दाखिला नभएमा समेत सो रकम बक्यौता कायम रहन्छ ।

२०८१/८२ को अन्तिमसम्म ब्याज, थप दस्तुर, बिलम्ब शुल्क समेत उठ्न बाँकी कुल बक्यौता ९४ अर्ब ९५ करोड पुगेको हो । साथै कर कार्यालयहरुबाट कर निर्धारण उपर करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा न्यायीक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको विभागको आँकडा छ ।

कुन शीर्षकको करमा कति विवाद ?

विभागका अनुसार सबैभन्दा धेरै बक्यौता र विवादित रकम आयकरमा रहेको छ । कुल १ लाख ९२ हजार ५०९ करदाताको ५४ अर्ब ९६ करोड रुपैयाँ राजस्व बक्यौतामा रहेको छ । उता, अपिलतर्फ समेत सबैभन्दा बढी विवाद आयकरमै रहेको छ ।

कुल १ हजार १११ करदाताको १ खर्ब ६४ अर्ब १५ करोड रुपैयाँ अपिलमा रहेको छ । यस अनुसार आयकरमा कुल १ लाख ९३ हजार ६२० करदाताको २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर राजस्व बक्यौता रहेको देखिन्छ । मूल्य अभिवृद्धि करतर्फ १ लाख ३६ हजार ४५६ करदाताको ३८ अर्ब ३४ करोड रुपैयाँ रकम बक्यौता देखिन्छ ।

अपिलमा रहेको रकमतर्फ ७ सय ९७ करदाताको १० अर्ब ३६ करोड रुपैयाँ बक्यौता कायम भएको छ । यस अनुसार कुल ४८ अर्ब ७० करोड रुपैयाँको बक्यौता मूल्य अभिवृद्धि करतर्फ कायम भएको छ । अन्त: शुल्कमा २ सय ८७ करदाताको ६८ करोड रुपैयाँ कर बक्यौता रहेको छ । अपिलमा रहेको रकममा ७७ करदाताको ३ अर्ब ४१ करोड रुपैयाँ बक्यौता छ ।

कुल ३ सय ६४ करदाताको ४ अर्ब ९ करोड बक्यौता अन्त: शुल्कमा कायम भएको आन्तरिक राजस्व विभागको तथ्यांकमा उल्लेख छ । अन्य शीर्षकमा कुल १ हजार ६६० करदाताको ९७ करोड रुपैयाँ बक्यौता कायम छ । अपिलमा रहेको बक्यौता १ सय १० करदाताको २ अर्ब १८ करोड बक्यौता छ । यसप्रकार कुल १ हजार ७७० करदाताको ३ अर्ब १५ करोड कुल बक्यौता कायम भएको छ ।

बक्यौता राजस्व उठाउने तर्फको प्रगति के छ ?

विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ५ सय करदातासमक्ष पुगेर संकलन गर्ने लक्ष्य राखिएको थियो । जसमध्ये ५ हजार २५ करदातासमक्ष विभाग पुगेको छ।

जुन लक्ष्यको १११.६७ प्रतिशत हो । यस आवमा बक्यौता संकलन आयकरतर्फ २२ अर्ब ७६ करोड राखिएको थियो । प्रगति भने ८ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ३८.२९ प्रतिशत मात्र हो । मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य राखिएकोमा १० अर्ब ३३ करोड रुपैयाँ मात्र असुल भएको छ ।

बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा २१ अर्ब ३९ करोड प्रगति भएको छ । जुन लक्ष्यको तुलनामा ७१ प्रतिशत प्रगति भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड प्रगति भएको छ । जुन लक्ष्यको तुलनामा १२२.६३ प्रतिशत प्रगति हो । कानुनी कारबाही गरी असुल गर्ने कुल लक्ष्य ४ अर्ब ३९ करोड रहेकोमा १ अर्ब ७९ करोड अर्थात् ४०.७७ प्रतिशत असुली भएको छ ।

प्रशासकीय पुनरावलोकनमा कति निवेदन ?

विभागका अनुसार प्रशासकीय पुनरावलोकनका लागि चालु आव २०८२/८२ लाई १ हजार ३८१ निवेदन सरेर आएका छन् । आव २०८१/८२ का लागि अघिल्लो आव २०८०/८१ बाट १ हजार ७४२ निवेदन सरेर आएका थिए ।

आव २०८१/८२ मा कुल ७४१ निवेदन दर्ता हुन आएका थिए । सो आवमा कुल १ हजार १०२ निवेदन फर्स्याैट गरेको तथ्यांकमा देखिन्छ । आन्तरिक राजस्व कार्यालयहरूबाट भएको कर निर्धारणमा चित्त नबुझेमा करदाताले प्रशासकीय पुनरावलोकका लागि निवेदन दिन सक्ने व्यवस्था ऐनमा छ ।

बेरुजु समेत चुलिँदै

विभागका अनुसार कर बक्यौतासँगै बेरुजु रकम चुलिँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कुल बेरुजु रकम १७ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ । सो आवको सुरुवातमा ९९ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ रहेको बेरुजु आवको अन्तिसम्म पुग्दा १ खर्ब २ अर्ब ६७ करोड ६० लाख कायम भएको छ ।

बक्यौता असुली र बेरुजु फर्स्याैटमा विभागको योजना के छ ?

बक्यौता संकलनका लागि विगत वर्षहरूमा जस्तै कार्ययोजना बनाई संकलन कार्यमा कडाइ गर्ने विभागले जनाएको छ । राजस्व न्यायाधीकरणलगात अन्य न्यायिक निकायमा धेरै मुद्दा टुङ्गो लाग्न बाँकी रहेका कारण कर संकलनमा असर परेको र ठूलो बक्यौता अंक कायम रहेकाले शीघ्र न्याय निरुपणका लागि विभाग र कार्यालयबाट गर्नुपर्ने काम तत्काल सम्पादन गरिने विभागले जनाएको छ ।

विभागको प्रशासकीय पुनरावलोकन सम्बन्धी व्यवस्थालाई छरितो र करदातामा न्यायिक मनको प्रयोग भएको अनुभूति हुने गरी व्यवस्थित गर्ने विभागले बताएको छ । कर परीक्षणको कार्यमा करदातासँग प्रत्यक्ष भेटघाट हुने विद्यमान कार्यविधिलाई फेसलेस बनाउने र यसलाई थप पारदर्शी तथा परिणाममुखी बनाउन विभागले आवश्यक संरचना विस्तारको योजना बनाएको जनाएको छ ।

विगतको अभ्यास के थियो ?

लामो समय करका मुद्दाहरू विचाराधीन अवस्थामा रहने र कर बक्यौता थुप्रने गरेसँगै सरकारले कर फर्स्याैट आयोग नै बनाएर काम गर्ने प्रचलन छ । तर, यस्ता आयोगका काम विवादित बन्न पुगे ।

आयोगका पदाधिकारीले नै आर्थिक अनियमितता गरेको अभियोग प्रमाणित भई कारबाही समेत प्रक्रियामा रहेका उदाहरण छ । आलोचित बनेसँगै अहिले कर फर्स्याैट ऐन नै खारेज भइसकेको छ । जसले गर्दा करसम्बन्धी सबै मुद्दा नियमित अदालती प्रक्रियामा जाने गरेका छन् । यसले बक्यौता थपिरहेको देखिएको हो ।

वर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजस्व न्यायाधीकरणको संरचना सुधार गरी स्तर बढाउन सुझाव दिएको थियो ।

बदनीयतपूर्वक र लगतढंगले कर निर्धारण गर्न नहुने र यस्तो गरेको पाइएमा कारबाही हुने व्यवस्था गर्न समेत सुझाव दिएको थियो । करमुद्दा र विवाद समयमै सल्टाउन आयोगले सुझाव दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More