― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsचीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत – KhabarHost

चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटान भ्रमणमा ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय गर्नुभयो।
  • भारतले भुटानको पञ्चवर्षीय योजनाका लागि १० हजार करोड रुपैयाँ सहयोग दिने र ४ हजार करोड रुपैयाँ कर्जा दिने प्रतिबद्धता गरेको छ।
  • मोदीले भुटानमा १ हजार २० मेगावटको पुनात्याङ्छू–२ हाइड्रोपावर परियोजनाको उद्घाटन गर्नुभयो र पुनात्याङ्छू–१ को पुनःनिर्माण सुरु हुने बताउनुभयो।

५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो साता छिमेकी मुलुक भुटानको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले थिम्पुमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरे । भेटमा दुई देशबीच ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय भएको छ ।

सन् २०१४ पछि मोदी दोस्रो पटक भुटान भ्रमणमा गएका हुन् । चीनले आफ्नो प्रभुत्व बढाउँदै गएका बेला भारतका लागि सामरिक दृष्टिकोणले भुटान निकै महत्त्वपूर्ण देश हो । सोही अनुरूप भारतले भुटानलाई उस्तै महत्त्व दिँदै आएको छ ।

भवितव्य घटना र क्षेत्रमा चीनको विस्तारलाई मध्यनजर गर्ने हो भने भुटानको भौगोलिक अवस्थिति भारतका लागि संवदेनशील मानिन्छ । पूर्वी हिमालयमा भारत र चीनबीचमा छ भुटान ।

भुटान, भारत र चीनको सीमा नजिक अवस्थित डोकलामसहितका क्षेत्रले निगरानीका लागि अहं भूमिका राख्छ । डोकलाम दक्षिण तिब्बत, भुटान र सिक्किमको बीचमा पर्दछ, जुन क्षेत्रको भूमिमा चीन र भुटानले आ–आफ्नो दाबी गर्दै आएको छन् ।

चीनले यस क्षेत्रमा सडक वा सैन्य गतिविधि बढाउँदा भारतको सिलिगुडी करिडोरमा सुरक्षा खतरा बढ्न सक्ने विज्ञहरू बताउँछन् । सोही कारण सन् २०१७ मा भारत र चीनबीच डोकलाममा तनाव उत्पन्न भएको थियो ।

हालैका वर्षमा चीनले भुटानमा व्यापार, सम्पर्क सञ्जाल, टेलिकम र पूर्वाधार जस्ता क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । भुटानमा चीनको प्रभाव बढ्दै जाँदा त्यसले सोझै आफ्नो सुरक्षा र रणनीतिक हितमा चुनौती दिन सक्ने चिन्ता भारतको छ ।

भुटानमा लगानी बढाउँदैछ भारत

मोदीको हालैको दुईदिने भ्रमणका क्रममा भारत र भुटान सरकारबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

मोदीले भुटानका वर्तमान राजाका पिता र पूर्वराजा जिग्मे सिंग्ये वाङचुकको ७०औं जन्म जयन्तीका सन्दर्भमा आयोजित कार्यक्रममा भाग लिए, सोही दौरान दुई देशबीच कयौं योजना घोषणा गरिएको थियो ।

भुटानसँगको सीमामा पर्ने आसामको हतीसरमा भारतले नयाँ अध्यागमन कार्यालय बनाउने निर्णय गरेको छ । सो अध्यागमन केन्द्रबाट नजिकैको भुटानी शहर गेलेफूसम्म जाने यात्रुका लागि सहजता हुने अपेक्षा छ ।

भारतले दुई देशबीच आवागमन सहज बनाउन यो कदम उठाएको जनाएको छ । गत सेप्टेम्बरमा भारतले रेल परियोजना समेत घोषणा गरेको थियो, जसअनुसार अब भुटान सोझै भारतीय रेल्वे नेटवर्कसँग जोडिनेछ ।

कोकराझार–गेलेफू रेल्वे लाइनले भारतको आसाम राज्य र भुटानको दक्षिण जिल्ला गेलेफूसँग जोड्नेछ । यस्तै दोस्रो रेल्वे लाइन पश्चिम बंगालको बनारहाटदेखि भुटानको दक्षिण पश्चिम जिल्ला समत्सेसम्म पुग्नेछ ।

भारत सरकारले भुटानको पञ्चवर्षीय योजनाका लागि १० हजार करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । भारतले भुटानको ऊर्जा र पूर्वाधारको विकासका लागि ४ हजार करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा वा कर्जा दिने प्रतिबद्धता गरेको छ ।

मोदीले भुटान भ्रमणकै क्रममा  भारतको सहयोगमा निर्माण भएको १ हजार २० मेगावटको पुनात्याङ्छू–२ हाइड्रोपावर परियोजनाको समेत उद्घाटन गरे । साथै पुनात्याङ्छू–१ को पुन: निर्माण सुरु हुने भएको छ । भारतीय निजी कम्पनी टाटा पावर, अडानी समूह र रिलायन्स पावरले पनि भुटानको ड्रङ्क पावर कर्पोरेशनसँग विद्युत परियोजनाका लागि सम्झौता गरेका छन् ।

सम्झौता अनुसार आगामी वर्षमा भुटानमा थप विद्युत परियोजनाको विकास गर्ने उल्लेख छ । साथै गेलेफूलाई माइन्डफुलनेस सिटी बनाउन भारतले सहयोग गर्ने घोषणा गरिएको छ । यसबाहेक भारतले भुटानी समुदायका लागि वाराणसीमा मन्दिर र अतिथी गृह बनाउने भएको छ ।

भुटानलाई चीनसँग नजिकिएको देख्न चाँहदैन भारत

जवाहरलाल नेहरू विश्वविद्यालयको स्पेशल सेन्टर फर नेशनल सेक्युरिटी स्टडिजका एसोसिएट प्रोफेसर डा. अमित सिंहले भारत–भुटान सम्बन्धमा चीनसँगको सीमा विवाद मुख्य कारक बन्ने गरेको बताउँछन् ।

सन् २०१७ मा डोकलाममा तनाव उत्पन्न हुँदा भुटान सोझै चीनसँग भिड्न चाहन्थेन । भुटानले सदैव सीमा विवादलाई संवाद र शान्तिपूर्ण तरिकाले समाधान गर्न चाहेको देखिन्छ । सोही कारण सन् २०२३ देखि भुटानले चीनसँग संवादको प्रयास बढाउँदै गएको छ ।

यस बीच चीनले पनि भुटानमा आफ्नो लगानी बढाउँदै गएको छ । दुई देशबीच व्यापार समेत लगातार बढ्दै गएको देखिएको छ । सन् २०२३ मा भुटानले चीनबाट झण्डै ८३ मिलियन डलरको सामान आयात गरेको थियो ।

डा. अमित सिंहका अनुसार भारतले भुटानसँगको कनेक्टिभिटी परियोजनाको उपयोग रणनीतिक सुरक्षाका लागि प्रयोग गर्न सक्छ ।

उनी भन्छन्, ‘भुटानले चीनतर्फ झुकाव राखेको हेर्न भारत चाहँदैन, सोही कारण भारतले भुटानसँग मिलेर विभिन्न परियोजना सुरु गरेको छ, रेल्वे सञ्जाल विस्तार हुँदा दुई देशबीच व्यापार र पर्यटनले बढावा पाउनेछ, यसबाहेक भारत र भुटानबीच धार्मिक र सांस्कृतिक सम्बन्ध पनि गहिरो छ, चीनको छवि राम्रो नभएको भुटानलाई थाहा छ, चीनलाई विस्तारवादी राष्ट्रका रूपमा चित्रित गरिन्छ र उसले स्थिरतामा विश्वास गर्दैन, यस्तोमा भारतको दिशा सही छ र भुटान पनि भारतले आफ्नो यस मामिलामा समर्थन गरोस् भन्ने चाहन्छ ।’

पूर्वी एशियामा भारतका लागि महत्त्वपूर्ण छिमेकी

भुटानले आफ्नो कूल आयको झण्डै ४० प्रतिशत हिस्सा विद्युत निर्यातबाट कमाउँदै आएको छ । भुटानमा उत्पादित अधिकतम विद्युत भारतमै निर्यात हुँदै आएको छ ।

भारतले भुटानबाट आयातित विद्युत आफ्ना पूर्वी राज्यको विकासमा उपयोग गर्दै आएको छ । भुटानको मुद्राको विनिमय भारतीय रुपैयाँ बराबर नै छ । भुटान आमरूपमा संयुक्त राष्ट्रसंघीय सभामा समेत भारतकै पक्षमा उभिँदै आएको छ ।

ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका जिन्दल स्कुल अफ इन्टरनेशनल अफयर्सका एसोसिएट प्रोफेसर एलिजावेथ रोशले मोदीको भुटान भ्रमणको सन्दर्भ बुझ्नु पर्ने बताइन् ।

उनी भन्छिन्, ‘सन् २००० को सुरुआततिर भुटानी सेनाले आफ्ना राजाको आदेशमा भारतीय विद्रोही समूह (इन्सेर्जेन्ट्स) विरुद्धको कारबाहीमा भारतलाई सघाएको थियो । अहिले पूर्वी एशियाली देशमा भारतको कूटनीतिक कमजोर छ, बंगलादेशमा राजनीतिक अस्थिरता छ, साथै भविष्यमा पनि भारतसँग उसका सहयोगीको भूमिका र दिशा पूर्ण स्पष्ट देखिँदैन, म्यानमारमा गृहयुद्ध र आन्तरिक संघर्ष चलिरहेको छ, यस्तोमा भारतको नजर भुटानतर्फ सोझिएको छ ।’

भारतले छिमेकी देशसँगको आफ्नो रणनीतिमा बदलाव गरिरहेको देखिन्छ । भारत र भुटानबीच लामो समयदेखि घनिष्ठ आर्थिक र सुरक्षा सम्बन्ध छ, त्यसलाई निरन्तरता दिने भारतको रणनीति देखिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More