― Advertisement ―

सैमसंगले HBM4 मेमोरी 11.7Gbps गतिमा पठाउँछ र प्रारम्भिक उद्योग नेतृत्वको दाबी गर्दछ

Samsung ले व्यावसायिक HBM4 AI शिप मेमोरी प्रतियोगिताको रूपमा सुरु गर्छ माथिHBM4 ले 11.7Gbps स्पीडमा पुग्छ जबकि डाटा सेन्टरहरूको लागि उच्च ब्यान्डविथ र दक्षता...
HomeLatest newsचित्लाङ र नव जनजागृतिलाई स्पार्क हेल्थ होमको साथ – KhabarHost

चित्लाङ र नव जनजागृतिलाई स्पार्क हेल्थ होमको साथ – KhabarHost


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघको राष्ट्रिय लिगमा सहभागी चित्लाङ एफसी र नव जनजागृति क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन्।
  • स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका घाइते खेलाडीलाई निःशुल्क उपचार र फिजियोथेरापिस्ट उपलब्ध गराउनेछ।
  • स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारीले आगामी प्रतियोगितामा पनि सहकार्य निरन्तरता दिने योजना रहेको बताउनुभयो।

८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी दुई क्लब चित्लाङ एफसी र नव जनजागृति क्लबले स्पार्क हेल्थ होमसँग सहकार्य गरेका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङ एफसीका अध्यक्ष सुगन तन्दुकार र नव जनजागृति क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार, स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर दुवै क्लबका कुनै पनि खेलाडी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्नेछ । साथै, प्रतियोगिताका खेलहरू दौरान क्लबका लागि फिजियोथेरापिस्ट पनि उपलब्ध गराउनेछ । यो सम्झौता राष्ट्रिय लिग अवधिभर कायम रहनेछ ।

स्पार्क हेल्थ होमका निर्देशक अधिकारीले आवश्यक परेमा आगामी प्रतियोगिताहरूमा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।





Read More