― Advertisement ―

एन्थ्रोपिक र पेन्टागनसँग एआई स्ट्यान्डअफमा ओर्वेलियनको रूपमा ट्रम्प सरेको न्यायाधीशले आलोचना गरेपछि संघीय कर्मचारीहरूले क्लाउड पहुँच पुन: प्राप्त गरे

फेडरलडेलमा कामदारहरूलाई अवरोध गरेपछि अदालतमा पुन: पहुँच गर्नुहोस् पदनामन्यायाधीशले एआई कम्पनी विरुद्ध सरकारको कदम असंवैधानिक प्रतिशोधको आह्वान गर्दछएन्थ्रोपिकले सैन्य प्रयोगलाई अस्वीकार गर्दछ, संघीय पहुँच...
HomeLatest newsचितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु


बारबर्दिया–११ मा चितुवाको आक्रमण पश्चात् शवको मुचुल्का उठाउँदै प्रहरी



२२ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ९ गाउँ नं १३ बस्ने ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुर बस्ने ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।

डाँगीलाई नेपाल–भारत सिमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो । खोजबिनको क्रममा दशगजा नजिकै बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले बताए ।

त्यसैगरी मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिकाको वडा नं ११ मा रहेको जनजागृती सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यस अघि गत माघ ७ गते सोही गाउँमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार, गत साउन यता सात जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

(बर्दियाबाट यज्ञ प्रसाद सापकोटाको सहयोगमा)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More