― Advertisement ―

Intego को ‘सुपर स्ट्राङ्ग’ एन्टिभाइरसको विश्व कपको मूल्य कटौती भएको छ

इन्टेगोको एन्टिभाइरस उत्कृष्ट म्याक-समर्पित सुरक्षाको लागि हाम्रो शीर्ष छनोट हो, र Intego ले विश्व कपको लागि समयमै विशेष सीमित समय सबै Intego One योजनाहरूमा...
HomeLatest newsचार महिनामा १६ हजार पर्यटक मनाङमा    – KhabarHost

चार महिनामा १६ हजार पर्यटक मनाङमा    – KhabarHost


फाइल तस्वीर



१३ मंसिर, मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।

मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।





Read More