― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsगोरा किसानलाई अत्याचार गरियो, दक्षिण अफ्रिकाको जी-२० सम्मेलन बहिस्कार गर्छौं : ट्रम्प...

गोरा किसानलाई अत्याचार गरियो, दक्षिण अफ्रिकाको जी-२० सम्मेलन बहिस्कार गर्छौं : ट्रम्प – KhabarHost



२२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् ।

ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स जाने तय भए पनि अब उनी पनि दक्षिण अफ्रिका जाने छैनन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद विषय हो ।’

उनले अफ्रिकी मूलका सेता किसानहरू (अफ्रिकानर्स) माथि हिंसा, हत्या र उनीहरूको जग्गा–खेत कब्जा गर्ने काम भइरहेको आरोप लगाए। ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकी सरकार अल्पसंख्यक किसानहरूविरुद्ध भेदभाव गर्ने र उनीहरूमाथि भएका हमलाहरूमा मौन रहने गरेको आरोप लगाउँदै आएको छ।

अफ्रिकी सरकारले भने रंगभेद प्रणाली अन्त्य भएको ३० वर्षभन्दा बढी भइसकेको र अझै पनि गोरा मानिसहरू कालाहरूभन्दा धेरै समृद्ध जीवन बिताइरहेका बताउँदै आएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई प्रतिक्रिया दिँदै भने, ‘गोरा किसानमाथि अत्याचारको समाचार पूर्ण रूपमा झूटा हुन् ।’

यसै हप्ताको सुरुमा मियामीमा दिएको भाषणमा ट्रम्पले भनेका थिए, ‘दक्षिण अफ्रिकालाई जी-२० बाट बाहिर निकाल्नुपर्छ ।’

यस वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि विदेशमन्त्रीहरूको जी-२० बैठक बहिष्कार गरेका थिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More