― Advertisement ―

होलोग्राफिक टेपले अन्ततः ल्याब छोड्छ किनकि 200TB कारतूसहरू कार्यप्रवाहहरू तोडे बिना वास्तविक LTO पुस्तकालयहरूमा चल्छन्।

होलोग्राफिक टेप उत्पादन LTO फ्रास्ट्रक्चर भित्र बिना सञ्चालन परिवर्तनहरूप्रत्यक्ष अनुप्रयोग सफ्टवेयरले मानक टेप पुस्तकालय कार्यप्रवाहहरू प्रयोग गरेर होलोग्राफिक मिडिया पहुँच गरेको छकारट्रिज आयामहरू LTO...
HomeLatest newsगृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, के भयो छलफल ?

गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, के भयो छलफल ?



३ मंसिर, काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बाराको सिमरामा बुधबार बिहान भएको घटनापछि गृहमा साँझ बैठक बसेको हो ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका एक जना रथी, गृहसचिव रामेश्वर दंगाल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत सहभागी थिए ।

बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतीको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषणसमेत गरिएको जनाइएको छ ।

त्यस्तै, बैठकमा वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

स्रोतका अनुसार, बुधबार भएको बाराको घटनाबारे पनि केहीबेर छलफल भएको थियो । सिमरा विमानस्थल गेटमा बुधबार बिहान जेनजीहरूले प्रदर्शन र तोडफोड गरेका थिए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत बारामा आयोजित एक कार्यक्रममा जान लागेको भन्दै युवाहरू विरोधमा उत्रिएका थिए ।

उनीहरूले नेताका पोस्टर जलाउने, तोडफोड गर्ने लगायतका घटना घटाएका थिए ।

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय, बाराले साँझ ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More