― Advertisement ―

Microsoft Build 2026 live — सबै अद्यावधिकहरू जसरी तिनीहरू हुन्छन्

2026-06-01T22:45:37.623Z यस बीचमा, हामीले Microsoft Build 2026 मा अपेक्षा गर्न र हेर्नका लागि केही सबैभन्दा रोमाञ्चक चीजहरू हेरेका छौं - त्यसैले तपाईंको भोक कम गर्नको...
HomeLatest newsगृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ

गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ



२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए ।

‘दल खोल्ने होकी, चुनाव लड्ने हो कि, के हो ?’, श्रेष्ठको प्रश्न थियो ।

उक्त प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिए ।

‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।





Read More