२८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन् ।
राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे कुराकानी भएको थियो ।
राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने बताएका गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत फेनले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधैं प्रगाढ रहिरहने प्रतिबद्धता राखेका थिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

