― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsगुप्ता दह र सिस्ने हिमाल – KhabarHost

गुप्ता दह र सिस्ने हिमाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा-१ मा अवस्थित गुप्ता दह र सिस्ने हिमाल प्राकृतिक सौन्दर्यका प्रमुख स्थल हुन्।
  • सिस्ने हिमालको उचाइ ५,९११ मिटर छ र यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण गरिएको छ।
  • गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले यस वर्ष पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको र उत्कृष्ट पर्यटन स्थल बनाउन प्रयास भइरहेको बताए।

६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा-१ स्थित अवस्थित गुप्ता दह र सिस्ने हिमाल हिमालै-हिमालको बीचमा लुकेका प्राकृतिक सौन्दर्य हुन् ।

यहाँको दृश्यमा साना-ठूला पहाडका थुम्का र ती थुम्काका बीच टिलपिलाइरहेका दहहरूले आगन्तुकको मन लोभ्याउँछन् ।

‘गुप्त दह पुग्न सहज छैन । घुम्न गएका सञ्जीप खड्काका अनुसार त्यहाँ पुग्ने बाटो कठिन छ भने बसाइ-व्यवस्था पनि चुनौतीपूर्ण छ । तर, एकपटक यहाँ पुग्ने हो भने टाढा-टाढा रोल्पा, सल्यान, दाङ तथा रुकुमपूर्व-पश्चिमका विभिन्न ठाउँबाट पनि सिस्ने हिमालको दृश्य अवलोकन गर्न सकिन्छ’, खड्काले भने ।

सिस्ने हिमालको उचाइ ५,९११ मिटर छ र यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामकरण  समेत गरिएको हो ।

‘गुप्ता दह केवल एक छैन, सानो र ठूलो गरी दुई गुप्त दह छन् । दर्जन बढी ताल रहेका यी दहहरूको नाम ‘गुप्त’ हुनुको कारण तिनीहरू गुमनाम अवस्थामा रहँदै आएको हो’, वडाध्यक्ष रजबहादुर बुढाले भने, ‘गुप्ता दहलाई स्थानीय भाषामा लिरुमारे पनि भनिन्छ । प्राचीन समयमा शिकारीले लिरु नामक जनावर मार्दा ‘लिरु मारे’ भन्ने नाम रहन गएको हो ।’

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार यस वर्ष पर्यटन प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको छ ।

गत वर्ष केही काम भए पनि यस वर्ष गाउँपालिकाले र जिल्लाको उत्कृष्ट पर्यटन स्थल बनाउने लक्ष्य राखेको र पर्यटन हब बनाउन गाउँपालिका लागि परि रहेको उनले बताए ।

तस्वीरहरू : बालाराम शेर्पाली ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More