― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsगाईवस्तुले घाँस खाएको विवादमा छिमेकीको हत्या – KhabarHost

गाईवस्तुले घाँस खाएको विवादमा छिमेकीको हत्या – KhabarHost



१७ माघ, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१०  इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको  हत्या भएको छ ।

खुकुरी प्रहारबाट ४७ वर्षीय लिला प्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

शनिबार दिउँसो पौने ४ बजे स्थानीय छिमेकी ५९ वर्षीय शिव कुमार राईको खुकुरी प्रहारबाट लिलाको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालको भनाइ छ ।

गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्ररुप लिएपछि  शिव कुमारले लिला प्रसादको छातिमा खुकुरी प्रहार गरेको र उनको घटनास्थलमै मृत्युु भएको स्थानीयको भनाइ छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वको टोली घटनास्थल पुगेर खुकुरी प्रहार गर्ने शिव कुमारलाई नियन्त्रणमा लिएको छ ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More