― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsगगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै

गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै


राष्ट्रिय

समाचार.

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने भएको छ।
  • बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।
  • कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार बस्ने भएको हो।

१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार ललितपुरको कुपन्डोलमा बस्ने भएको हो ।

बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।

नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरू निर्वाचन आयोग जाने उनले बताए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More