― Advertisement ―

यो स्तरवृद्धि गर्ने समय हो — मैले Best Buy मा 22 वटा सम्झौताहरू फेला पारेको छु जसले तपाईंलाई TV, ल्यापटप र थपमा $1,000 सम्म...

हामी सबैले अब प्रयोग नगर्ने केही पुराना प्रविधिहरू छन्, वा कम्तिमा एउटा पुरानो यन्त्र छ जुन हामीलाई थाहा छ कि हामीले चाँडै अपग्रेड गर्नुपर्छ।...
HomeLatest newsगगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा



७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्मका अनुभूति सार्वजनिक गरेका छन् ।

धुम्बारीस्थित एक पार्टी प्यालेसमा आज बिहान कार्यकर्ता तथा शुभचिन्तकहरुसँगको छलफलमा थापाले जेनजी आन्दोलन र त्यसपछिका दिनमा भोगेका अनुभवहरु साझा गरेका हुन् ।

जेनजी आन्दोलनको क्रममा रातोपुलस्थित थापाको घरमा आगजनी भएको थियो । त्यसपछि डेरा खोजेको तर गगन थापा बस्ने भन्ने थाहा पाएपछि घरबेटीले भाडामा दिन नमानेको उनले सुनाए ।

‘बानेश्वरमा साथीहरुले डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ । अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला छ भनेको पनि पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ,’ महामन्त्री थापाले सुनाए, ‘हाम्रो हालत त त्यो थियो नि पहिला ।’

बानेश्वरमा डेरा नपाएपछि अहिले बुढानीलकण्ठको चपलीमा बसिरहेको उनले जानकारी दिए । ‘खोज्दै जाने क्रममा मेरो श्रीमतीले भाइटीका लगाउने गरेको दाइ, उहाँहरुको पुरानो घर, त्यहाँ पहिला स्कुल बसेको, अहिले सरेको, ठ्याक्क समय मिल्यो, केही समय खाली भएको ठाउँ, त्यहाँ बसिरहेको छु ।’

आफू जन्मेहुर्केको रातोपुलको घर पुनर्निर्माण हुन केही समय लाग्ने र पुनर्निर्माण भइसकेपछि पुन: त्यहीँ सर्ने उनले बताए ।

थापाले जेनजी आन्दोलनको क्रममा घरमा आगजनी भएपछि स्थानीय कार्यकर्ताहरुले आफूलाई र आफ्ना परिवारका सदस्यहरुलाई उद्धार गरेको पनि उनले बताए ।

तेस्रो दिन घरमा पुग्दा आफ्नो खाटमा एक जना चोर सुतिरहेको देखेको थापाले सुनाए । ‘तेस्रो दिन घरमा पुग्दा एउटा चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिराको,’ थापाले भने, ‘कहाँबाट आयो यो भनेको त पहिलो दिनमा लुगासुगा चोरेर गएको रहेछ । अरु केही बाँकी छ भनेर आको रे । आएपछि एकछिन सुत्न मन लाग्यो रे । यसो सुतेको निद्रा लागेको रे ।’

त्यस चोरलाई ‘साथीहरु’ले त्यहीँबाट पक्राउ गरेर लिएर गएको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More