― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsगगन थापाको अपिल– आज उम्मेदवार टुंग्याउँछौं, मनमा कुरा नराखी सहयोग गर्नुहोला

गगन थापाको अपिल– आज उम्मेदवार टुंग्याउँछौं, मनमा कुरा नराखी सहयोग गर्नुहोला



५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा उम्मेदवार टुंग्याइने बताएका छन् । उनले सोमबार बिहान फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

‘आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउन,’ सभापति थापाले भनेका छन् ।

उनले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा केही कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर, तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।’

भिडियोमा के भने सभापति थापाले ?

हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौं । योभन्दा भिन्न तरिकाले गर्नुपर्छ भन्ने मेरो, हाम्रो सोचाइ हो । खासगरि उम्मेदारी अन्तिम चरणमा केन्दले छान्ने भन्ने कुरा नै गलत हो ।

तलैबाट प्रत्येक ‘कन्सिच्युअन्सी’ (निर्वाचन क्षेत्र)बाट छान्नुपर्छ भनेर हामीले प्रस्ताव पनि गरेका छौं । तर, यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको छु । यतिखेर पुरानै विधानको आधरमा १६५ निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ । कुनै ठाउँमा दर्जैनौं सिफारिसहरू गरिएको छ । कहीँ मिलाइएको छ, कहीँ मिलाइएको छैन ।

यसबारेमा सबैलाई थाहै छ, यो जिम्मेवारीमा आइपुग्दै गर्दा, आएको केही दिनपछाडि लगातार निर्वाचन आयोग धाउनुपर्ने अवस्था आयो । निर्वाचन आयोग पछाडि पनि पार्टीको केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नुभएको स्थिति छ ।

कानुनी परीक्षण खोजी राख्नुभएको साथीहरूलाई पनि समेटेर लैजाऔं भनेर हिजो साँझसम्म त मेरो त्यही नै प्रयास रह्यो । जसको कारणले गर्दा अहिले एकदमै धेरै समयको चाप परेको छ ।

तर, यो बीचमा पनि सकेसम्म मिलाउने प्रयास गरिरहेको छु । पार्टीभित्र नयाँ र पुरानो सन्तुलन पनि यसलाई समावेशी बनाउने पनि, यसैगरिकन सबै पार्टीका साथीहरूलाई न्यायको अनुभूति गराउनका निम्ति मेरो, हाम्रो सबैको ‘बेस्ट’ (राम्रो) कोसिस छ ।

तर, यो कोसिस रहँदै गर्दा पनि मैले अघि भनेको जस्तै हामी एउटा विशिष्ट अवस्थामा आइपुगेको यो कारण, अर्को उम्मेदवारको सिफारिसको सबै टुंगिसकेको कारणले गर्दा हाम्रा हातहरू बाँधिएको छ, यो कराण ।

सबैभन्दा मुख्य कुरा समयको चाप । हिजो साँझसम्म पनि पार्टीको सबै साथीहरूको बीचमा एकता कायम गर्ने कुराको सन्दर्भमा उम्मेदवार छान्ने भन्दा पनि संवाद गर्ने, समझदारी गर्ने कुराहरूमा ध्यान दिँदै गर्दा समयको चापको कारणले केही अप्ठ्यारो भएको छ ।

आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं । ‘बेष्ट’ कोसिस गर्छौं । सकेसम्म यसलाई राम्रो बनाउने । म सबैलाई अनुरोध गर्छु, भोलि सबै जनाले आ–आफ्नो ‘कन्सिच्युअन्सी’ मा गएर आफूलाई चित्त कतिपय कुरामा नबुझ्ला । नबुझेता पनि जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ, त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन यो एउटा अभियान हो । यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपिल गर्न चाहन्छु ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More