― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsगगन थापा – KhabarHost

गगन थापा – KhabarHost



११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताए ।

महाममन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने बताए । ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं । विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ महामन्त्री थापाले भने ।

विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षर पेश गरेको तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार २९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गरेको प्रस्ताव पेश गरिएको थियो ।

केन्द्रीय कार्यालयमा महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए ।

‘विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमिति भित्रको अनिवार्य जिम्मेवारी भित्र पर्दछ । यो ऐच्छिक विषय रहेन । १५ औं महाधिवेशन भएको भए यो मागको आफैं सार्थकता सकिन्थ्यो,’ महामन्त्री थापाले विशेष महाधिवेशन मागकर्तालाई भने, ‘तपाई‌ंको मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो अनिवार्य विषयमा केन्द्रीय समितिले कसरी काम गर्ने विषयलाई बैठकमा राख्छौं ।’

विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन भयो भने विशेषको माग स्वत: निष्क्रिय हुने बताएका थिए । विधानको कार्यान्वयन गर्नु दुई महामन्त्रीकै कर्तव्य हुने अर्का महामन्त्री शर्माले बताए । उनले भने, ‘यो मागमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्दछ ।’





Read More