राष्ट्रिय
समाचार.
- बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ।
- रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गरेपछि फेरान टोरेसले दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
- रियल मड्रिडसँग समान ३१ अंक भएपनि बार्सिलोनाको गोल अन्तरमा अगाडि रहेको हो ।
७ मंसिर, काठमाडौं । बार्सिलोनाले घरेलु मैदान स्पोटीफाई क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ ।
सन् २०२३ मे पछि पहिलो पटक आफ्नो ओरिजिनल घरेलु मैदानमा खेलेको बार्सिलोनाले फेरान टोरेसको दुई गोलमा सहज जित हात पारेको हो ।
रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरान टोरेसले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।
यस्तै फर्मिन लोपेजले ४८औं मिनेटमा गोल गरे भने फेरानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित दिलाए ।
यो जितपछि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना र रियल मड्रिडको समान ३१ अंक भएपनि बार्सिलोना गोल अन्तरमा अगाडि छ । यद्यपी बार्सिलोनाले भन्दा रियलले एक खेल कम खेलेको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

