― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
HomeLatest newsक्यानडाका प्रधानमन्त्री कार्नीले ट्रम्पसँग मागे माफी, भन्सार शुल्कविरुद्ध विज्ञापनले बिग्रियो सम्बन्ध

क्यानडाका प्रधानमन्त्री कार्नीले ट्रम्पसँग मागे माफी, भन्सार शुल्कविरुद्ध विज्ञापनले बिग्रियो सम्बन्ध


News Summary

Generated by OK AI. Editorially reviewed.

  • क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको शनिबार जानकारी दिएका छन्।
  • ट्रम्पले क्यानडाविरुद्ध थप १० प्रतिशत भन्सार शुल्क बढाएका छन् र व्यापारिक वार्ता रोकिदिएका छन्।
  • कार्नीले भने, ‘मैले राष्ट्रपति ट्रम्पसँग माफी मागें। उहाँ रिसाउनुभएको थियो।’

१५ कात्तिक, काठमाडौं ।  क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको शनिबार जानकारी दिएका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रीगनको पुरानो भाषण प्रयोग गरी ट्यारिफ (भन्सार शुल्क) विरुद्ध विज्ञापन बनाएपछि कार्नीसँग ट्रम्प रुष्ट बनेका थिए । यो विज्ञापन क्यानडाको ओन्टारियो प्रान्तको सरकारले चलाएको थियो। ट्रम्प यो देख्नेबित्तिकै क्रोधित भए।

यही आक्रोशमा ट्रम्पले क्यानडाविरुद्ध थप १० प्रतिशत भन्सार शुल्क बढाएका थिए । साथै, उनले अमेरिका-क्यानडाबीचको व्यापारिक वार्ता रोकिदिएका थिए ।

दक्षिण कोरियाको ग्यॉंगजू शहरमा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले भने, ‘मैले राष्ट्रपति ट्रम्पसँग माफी मागें। उहाँ रिसाउनुभएको थियो।’

उनले वाशिङ्टन तयार भएपछि व्यापारिक वार्ता पुनः सुरु हुने पनि बताए।

विज्ञापनमा रोनाल्ड रीगनका शब्दहरू प्रयोग गरिएको थियो, जसमा उनले ट्यारिफलाई हरेक अमेरिकीका लागि नोक्सानदायक बताएका थिए।

अमेरिकाले क्यानडाली सामानमा पहिले नै ३५ प्रतिशत ट्यारिफ लगाएको छ। नयाँ घोषणापछि यो बढेर ४५ प्रतिशत पुगेको छ। यो ट्यारिफ भारत र ब्राजिलपछि सबैभन्दा बढी हो।

ट्रम्पले के भने ?

क्यानडाली प्रधानमन्त्रीको बयानमा प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘म कार्नीलाई मन पराउँछु, तर उहाँले जे गर्नुभयो, त्यो गलत थियो। उहाँले विज्ञापनका लागि माफी माग्नुभयो किनभने त्यो झूटो थियो।’

ट्रम्पले रोनाल्ड रीगनले ट्यारिफ मन पराउने दाबी गरे र क्यानडाले त्यसलाई उल्टो देखाउने प्रयास गरेको आरोप लगाए। ट्रम्पले व्यापारिक वार्ता तत्काल सुरु नहुने स्पष्ट पारे।

ट्रम्पलाई रुष्ट बनाउने उक्त विज्ञापन क्यानडाको ओन्टारियो राज्यले बनाएको थियो। ट्रम्प रिसाएपछि ओन्टारियोका प्रीमियरले आइतबारपछि विज्ञापन फिर्ता लिने बताएका थिए।

यसैबीच, शुक्रबार वर्ल्ड सिरिजको पहिलो खेलका दौरान पनि यो विज्ञापन चलाइएको थियो। यस घटनाको एक दिनपछि अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा ट्यारिफ बढाउने बारे पोस्ट गर्दै भने, ‘क्यानडा रङ्गेहात समातियो, जसले रोनाल्ड रीगनको ट्यारिफमा दिएको भाषणलाई लिएर एक नक्कली विज्ञापन चलायो। रीगनलाई राष्ट्रिय सुरक्षा र अर्थतन्त्रसँग जोडिएको उद्देश्यका लागि ट्यारिफ निकै मन पर्थ्यो, तर क्यानडाले उहाँलाई मन पर्दैन भन्यो।’

उनले क्यानडालाई विज्ञापन तुरुन्त हटाउनुपर्नेमा त्यसो नगरेको र जानीजानी जालसाजी गरेर वर्ल्ड सिरिजमा चल्न दिएको बताए।

वर्ल्ड सिरिज अमेरिका र क्यानडामा खेलिने बेसबलको वार्षिक च्याम्पियनसिप शृङ्खला हो।

ट्रम्पको घोषणापछि, उनले यो थप ट्यारिफ लगाउन कुन कानुनी अधिकार प्रयोग गर्नेछन् भन्ने स्पष्ट भएको छैन। ह्वाइट हाउसले यो १० प्रतिशत थप ट्यारिफ कुन मितिदेखि लागू हुन्छ भन्ने बारेमा पनि कुनै जानकारी दिएको छैन।

क्यानडा किन झुक्नुपर्‍यो ? 

न्यूज एजेन्सी एपीका अनुसार ट्रम्पले लगाएको ट्यारिफले क्यानडाको अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्‍याएको छ र प्रधानमन्त्री मार्क कार्नी त्यसलाई कम गर्न ट्रम्पसँग काम गर्ने प्रयासमा छन्।

यो ट्यारिफले आगामी ५ वर्षमा क्यानडाको जीडीपीमा लगभग १.२ प्रतिशतसम्मको नोक्सान पुर्‍याउन सक्छ।

क्यानडाको तीन-चौथाइभन्दा बढी निर्यात अमेरिकातर्फ हुन्छ र लगभग ३.६ अर्ब क्यानेडियन डलर (२.७ अर्ब अमेरिकी डलर) मूल्यका सामान र सेवाहरू दैनिक सीमा पार गर्छन्।

अमेरिकाले क्यानडामा ३५ प्रतिशत ट्यारिफ बाहेक स्टिल र आल्मुनियममा ५० प्रतिशत ट्यारिफ लगाइराखेको छ। यद्यपि, अमेरिकामा अधिकांश सामानहरू यूएस-क्यानडा-मेक्सिको सम्झौता (यूएसएमसीए) अन्तर्गत आउँछन् र ट्यारिफबाट मुक्त छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More