― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsकोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्काको नाम सिफारिस

कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्काको नाम सिफारिस



२६ कात्तिक, विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गरेका हुन् । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि तत्कालीन सचिव गोपालप्रसाद पराजुलीले राजीनामा दिएका थिए । उनको राजीनामापछि रिक्त रहेको स्थानमा खड्काको नाम सिफारिस भएको हो । खड्का संघीय संसदबाट अवकास पाएका सचिव हुन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेश सभा सचिवको शपथग्रहण आज दिउँसो ३ बजे गर्ने तयारी छ । उनका अनुसार सचिवालयको नयाँ भवन कृषि बजारमा शपथग्रहण हुनेछ ।

खड्का संघीय संसदका सभामुख देवराज घिमिरे निकट हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More