― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsकैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ – KhabarHost

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ – KhabarHost



१९ मंसिर, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार बस्नेतलाई बुधबार राति ८ बजे खैरो हेरोइन सेवन गरिरहेका अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको थियोे ।

त्यसपछि उनको घर तथा कोठा तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले उनको घर तलासीका क्रममा पाँच हजार ८९५ नगद, एउटा तराजु र बस्नेतले प्रयोग गर्दै आएको भे ४ प २३७५ नम्बरको स्कुटी समेत बरामद गरेको छ ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीले हिरासतमा राखेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More