― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
HomeLatest newsकेन्द्रीय सदस्य खतिवडा – KhabarHost

केन्द्रीय सदस्य खतिवडा – KhabarHost



१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जारी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा नियमित महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्ने क्रममा उनले निर्वाचनमा जाने अवस्थामा फागुन अघि महाधिवशेन हुन नसक्ने पनि बताइन् ।

‘चुनावमा जाने कि संसद् पुनर्स्थापनामा बटम लाइन क्लियर हुनुपर्‍यो,’ केन्द्रीय सदस्य खतिवडाले भनिन्, ‘सर्वसम्मत रूपमा नियमित महाधिवेशनको समय तोकेर अगाडि जानुपर्‍यो । होइन, चुनावमा जाने हो भने चुनावपछि महाधिवेशन गर्नुपर्‍यो ।’

खतिवडाले देश, शासन व्यवस्था र कांग्रेस संकटमा परेको समयमा पनि पार्टीभित्र नियमित कि विशेष महाधिवेशन भनेर विवाद गर्नु उपयुक्त नभएको धारणा पनि व्यक्त गरिन् ।

‘राष्ट्र, व्यवस्था र पार्टी संकटमा छ, हामी चैं नियमित कि विशेष भनेर गाड कोराकोर गरिरहेका छौं,’ उनले प्रश्न गरिन्, ‘खै हाम्रो जेनजी मुभमेन्टको बारेमा आधिकारिक दृष्टिकोण ?’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More