― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsकेदार संकेतको ‘अन्तिम साँझ’ लोकार्पण – KhabarHost

केदार संकेतको ‘अन्तिम साँझ’ लोकार्पण – KhabarHost


राष्ट्रिय

समाचार.

  • यात्रा स्पर्श अभियान्ता केदार संकेतको कथासंग्रह ‘अन्तिम साँझ’ ललितपुरमा आयोजित समारोहमा लोकार्पण गरिएको छ।
  • नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले केदार संकेत फरक रहेको बताए।
  • साहित्यकार प्रगति राईले कथासंग्रहमा सुनुवार जातिको इतिहास र आम नेपाली समाजका वास्ताविक घटना समेटिएको बताइन्।

१४ पुस, काठमाडौं । यात्रा स्पर्श अभियान्ता तथा स्रष्टा केदार संकेतको नवौं कृति ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ । आइतबार ललितपुरमा आयोजित एक समारोहमा कथासंग्रह ‘अन्तिम साँझ’ सार्वजनिक गरिएको हो । नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,  महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार प्रगति राई, संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठलगायतले एकसाथ पुस्तक लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले पुरस्कार, प्रतियोगिता र हल्लाखल्लाका भरमा स्थापित हुने रहर पाल्ने कतिपय सर्जकहरूको भीडमा केदार संकेत फरक रहेको बताए । प्रयोगवादी शैली, विषयवस्तुको विविधता, कथानकमा गम्भीरता जस्ता विशेषताले गर्दा अन्तिम साँझ जस्ता राम्रा कृतिका लागि हल्ला गरिरहनु नपर्ने धारणा उनले राखे ।

कथा सङ्ग्रहको समालोचनात्मक चिरफारमा साहित्यकार प्रगति राईले १२ वटा कथाहरू उस्तै उस्तै रहस्यमयी भएको, एक कथामा आफैं कथाको पात्र भए जस्तो लागेको अनुभव सुनाइन् । ‘यस कथा सङ्ग्रहमा सुनकोशीको कथा छ’ राईले भनिन्, ‘जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन मात्रै गरेको छैन आम नेपाली समाजमा घटेको वास्ताविक घटना पनि पस्केको छ ।’ एक से एक कथा उत्कृष्ट, फरक र चाखलाग्दो रहेको उनले बताइन् ।

मिलाप पब्लिकेसनले प्रकाशन गरेको यस कथा सङ्ग्रहमा १५ वटा कथा रहेका छन् ।





Read More