― Advertisement ―

भल्भको स्टीम डेक OLED अमेरिकामा स्टक बाहिर छ, र मलाई लाग्छ कि हामी किन अनुमान गर्न सक्छौं

भल्भको स्टीम डेक OLED मोडेलहरू अमेरिकामा स्टक बाहिर छन्, र RAM संकट फेरि जिम्मेवार हुन सक्छ। थप पढ्नुहोस्
HomeLatest news‘कुमारी’ फिल्म प्रवर्द्धन गर्न ६ सहरमा ‘केहर एन्ड द लुङा’ गुञ्जिने

‘कुमारी’ फिल्म प्रवर्द्धन गर्न ६ सहरमा ‘केहर एन्ड द लुङा’ गुञ्जिने


राष्ट्रिय

समाचार.

  • मुलुकका ६ सहरमा १ देखि २३ माघसम्म ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ।
  • फिल्म ‘कुमारी’ को संगीत प्रवर्धनका लागि ‘केहर एन्ड द लुङा’ ले दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा टूर गर्नेछन्।
  • फिल्म ‘कुमारी’ २३ माघदेखि प्रदर्शनमा आउँदैछ र यसमा आकृति राजभण्डारी र अभिषेक खड्काले मुख्य भूमिका निभाएका छन्।

काठमाडौं । मुलुकका ६ सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कुमारी’ को प्रवर्धनको लागि ‘केहर एन्ड द लुङा’ ले टूर गर्न लागेको हो ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म संगीतमार्फत दर्शकसँग जोडिन चाहेको हो । यो फिल्म पनि ‘म्युजिकल लभस्टोरी’ जनरामा आधारित छ ।

१ देखि २३ माघसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा टूरको तालिका तय छ । यी सबै कन्सर्टमा पाश्र्वगायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले आफ्नो लाइभ प्रस्तुति दिनेछ ।

केहर र उनको ब्यान्ड युवापुस्तामाझ अत्यन्त लोकप्रिय छ । यसअघि दुई गीतहरू ‘कता छौ’ र ‘तिमी बिना’ सार्वजनिक भैसकेका छन् । कन्सर्ट सुरु हुनु अगावै लोकलयमा आधारित अर्को गीत पनि सार्वजनिक गर्ने तयारीमा फिल्म छ ।

फिल्मका सबै गीत कम्पोजको जिम्मा गायक लिम्बुले नै लिएका थिए ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ प्रणय दिवसको छेकोमा प्रदर्शन तयारीमा छ ।

आकृति राजभण्डारी र डेब्यू एक्टर अभिषेक खड्काले शीर्ष भूमिकामा अभिनय गरेका छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्माको पनि अभिनय छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा फिल्म निर्माण भएको हो । ‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More