― Advertisement ―

एक £ 17 L आकारको कार्यालय डेस्क? यस कार्यस्थान सम्झौतामा 90% बचत गर्नुहोस्

TechRadar Pro को अफिस फर्निचर सम्पादकको रूपमा, म महिनामा सयौं डेस्कहरू देख्छु - तिनीहरूलाई समीक्षा गर्नेदेखि लिएर छुटाउन नसकिने सम्झौताहरू सम्म। तर यो मैले...
HomeLatest newsकिसान श्रेष्ठले तनहुँबाट बारामा सारे आफ्नो मतदाता नामावली

किसान श्रेष्ठले तनहुँबाट बारामा सारे आफ्नो मतदाता नामावली



२१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेता किसान श्रेष्ठले तनहुँबाट बारा जिल्लामा आफ्नो मतदाता नामावली सारेका छन् ।

कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् ।

उनले आजै जीतपुरसिमरा उपमहानगरपालिका-४ मा बसाइँसराइ दर्ता समेत गराएका छन् ।

श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका थिए । तर, सो निर्वाचनमा उनले आफैंलाई मत हाल्न पाएका थिएनन् । त्यो समयमा उनको मतदाता नामावली तनहुँमा थियो ।

जेनजी आन्दोलनका क्रममा श्रेष्ठको घरमा आगजनी समेत भएको थियो । आगजनी भएको घरलाई मर्मतसम्मार गरेर अहिले उनी बारा जिल्लामै बसोबास गरिरहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More