― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsकारागारबाट भागेका कैदी चोरीको स्कुटर बेच्न जाँदै गर्दा पक्राउ

कारागारबाट भागेका कैदी चोरीको स्कुटर बेच्न जाँदै गर्दा पक्राउ



३० असाेज, विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरको सीमावर्ती क्षेत्र दरैयाबाट पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति पक्राउ परेका हुन् ।

उनी विराटनगर महानगरपालिका-१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भारत तर्फ जाँदै थिए ।

विराटनगरबाट चोरी भएको मोटरसाइकल तथा स्कुटर भारतीय बजारमा बिक्री हुन्छ । बिक्री गर्न उद्देश्यसहित उनी भारततर्फ जान लागेको देखिएको प्रहरीको भनाइ छ ।

जैसवाललाई चोरीको स्कुटरसहित विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

जैसवाल यसअघि मोटरसाइकल चोरीकै मुद्दामा कैदमा थिए । चोरी मुद्दामा जिल्ला अदालत सुनसरीले गत जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा उनी अन्य कैदीबन्दीसँगै कारागारबाट भागेका थिए ।

जैसवालविरुद्ध मोरङ प्रहरीले पुन चोरी मुद्दा चलाउने तयारी गरेको छ । उनलाई बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाउनेछ ।

भदौ २४ गते राति झुम्का कारागारबाट १ हजार ५ सय ८६ जना भागेका थिए । ती मध्ये ९ सय ७९ जना कारागार फर्किएका छन् । बाँकी फरार छन् ।

सिन्धुलीबाट भागेका कैदी घरमा

जिल्ला कारागार सिन्धुलीबाट फरार भएका कैदी मोरङबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार नपालथान गाउँपालिका–३ सोराभागबाट ३९ वर्षीय उपेन मण्डल पक्राउ परेका हुन् ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी जेनजी आन्दोलनका बेला भदौ २४ गते फरार भएका थिए ।

जिल्ला अदालत मोरङले उनलाई ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । उनको १ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More