― Advertisement ―

iRobot टेकओभर पूरा भयो – तर यस्तो देखिन्छ कि Roomba ब्रान्ड यसको अमेरिकी जराहरूमा टाँसिएको छ

iRobot अब पूर्ण रूपमा स्वामित्वमा रहेको छ, चिनियाँ बैंकरप्याक्टर कम्पनीको अनुसरण गर्दै छ। प्रक्रियाएउटा नयाँ 'iRobot Safe' सहायक कम्पनी अमेरिकी उपभोक्ता डेटाको सुरक्षाको लागि...
HomeLatest newsकाठमाडौंमा मिथिला चित्रकला तालिम सम्पन्न – KhabarHost

काठमाडौंमा मिथिला चित्रकला तालिम सम्पन्न – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौँमा सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा मिथिला चित्रकला तालिम सम्पन्न भएको छ।

१९ माघ, काठमाडौँ । काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ । सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनका बारेमा प्रशिक्षण गराइएको थियो । तालिममा ३० जनाभन्दा बढी सहभागी थिए ।

कार्यक्रम सहभागीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरिन् । मन्त्री श्रेष्ठले
मिथिला चित्रकलासँग मिथिलाको इतिहास र संस्कृति जोडिएकाले यसको संरक्षण गर्न अत्यावश्यक रहेको बताइन् । ‘कलालाई आम्दानीको स्रोतसँग जोड्न सकेमा मात्र यसलाई पुस्तान्तरण गर्न पनि सहज हुन्छ’ मन्त्री श्रेष्ठले भनिन्, ‘संस्कृतिलाई जगेर्ना गर्नका लागि चालेको यस कदमप्रति विशेष आभार व्यक्त गर्दछु ।’

मिथिला चित्रकलालाई आम्दानीसँग जोड्नका लागि पनि यस्तो तालिम आवश्यक भएको उनले बताइन् । तालिममा सहभागी दिया पोखरेलले तीन दिनसम्म सञ्चालन भएको तालिमबाट धेरै ज्ञान सिकेको बताइन् । आफूलाई मिथिला पेन्टिङप्रति रुचि भएकाले पनि सिक्न निकै रमाइलो लागेको सुनाइन् ।

सहभागी कलाकार रामेश्वर चौरसियाले आफूले जीवनमा पहिलोपटक मैले यसरी रङ र क्यानभासको अनुभव लिएको बताए। परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More