मनोहरा खोला किनारको सुकुमबासी बस्ती खाली गराउन लगाइएको डोजर । फाइल फोटो
१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् ।
महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


