― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsकाठमाडौं–९ :  ९९५ मतको झिनो मतान्तरलाई जितमा बदल्ने दौड

काठमाडौं–९ :  ९९५ मतको झिनो मतान्तरलाई जितमा बदल्ने दौड



१९ माघ, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं९ क्षेत्र चर्चामा छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल पनि नयाँ उम्मेदवारको रुपमा आएका छन् ।

१८ जना दलीय र ६ स्वतन्त्र गरी २४ जना उम्मेदवार रहेको यस क्षेत्रमा जन्मथलो धादिङ छोडेर रास्वपा उपसभापति अर्याल यस क्षेत्रलाई रोजेका छन् ।

२०७९ सालमा समानुपातिक सांसद बनेका अर्याल पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले काठमाडौ९ मा रास्वपाका उम्मेदवार पराजित भएको क्षेत्रमा उपसभापति अर्याल चुनावी मैदानमा छन् ।

२०७४ सालमा फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई हराएका एमालेका कृष्णगोपाल श्रेष्ठसँग गत निर्वाचनमा रास्वपाका उम्मदेवार टेकबहादुर पोखरेल मात्रै ९९५ मतान्तरले पराजित भएका थिए ।

गत निर्वाचनमाा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए । २०७४ को सालमा पनि कृष्णगोपालले जितेका थिए । त्यसबेला उनले प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पारेका थिए ।

कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर न्यून हुनु र समानुपातिकतर्फको मतमा रास्वपा पहिलो हुनुको आधारमा मत विश्लेषण गर्दा रास्वपाका लागि अनुकूल क्षेत्र बन्न पुगेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको पक्षमा सबैभन्दा बढी मत खसेको थियो । समानुपातिकमा रास्वपाले ११ हजार ५०२एमालेलाई ९ हजार ४०७कांग्रेसको पक्षमा ८ हजार ५ मत खसेको थियो ।

सभापति रवि लामिछाने हिरासत र जेलमा हुँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका उपसभापति अर्याल पहिलोपटक चुनावी घरदैलोमा निस्केका छन् ।

५१ वर्षीय अर्यालले चुनावी नारा तपाईं मत बदल्नुस् । हामी देश बदल्नेछौं’ बनाएका छन् । मतदातासँग साक्षात्कर गर्दै हिंडिरहेका अर्यालले आफूलाई रवि लामिछानेको पार्टीको दोस्रो मान्छे हजुर’ भनेर चिनाइरहेका छन् । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पक्षसँग एकता गरेपछि दोस्रो व्यक्ति भने हाल उपसभापति अर्याल छैनन् । पार्टीमा दोस्रो वरीयतासहित वरिष्ठ नेतामा बालेन शाह छन् ।

संविधानसभाका दुवै निर्वाचन जितेको कांग्रेसले त्यसपछि यो क्षेत्रमा जित्न सकेको छैन । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले जितेका थिए । २०७४ मा उनै उम्मेदवार ध्यानगोविन्द पराजित भए भने २०७९ सालको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएन । यसपटक कांग्रेसले महिला अनुहारलाई अघि सारेको छ ।

विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य नानु बाँस्तोलालाई पहिलोपटक कांग्रेसले संघीय संसदको लागि उम्मेदवार बनाएको छ । अघिल्लो केन्द्रीय समितिमा समेत रहेकी बाँस्तोलाले गत निर्वाचनमा प्रदेश सभामा प्रतिस्पर्धा गरेकी थिइन् । काठमाडौं– ९ (क) बाट उम्मेदवार बनेकी बाँस्तोला त्यसबेला निर्वाचित हुन भने सकिनन् ।

नेपाल विद्यार्थी संघमा हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी बाँस्तोलाले काठमाडौं९ को माटोले आफूलाई चिनेको बताउँछिन् । परिवर्तित कांग्रेससहित निर्वाचनमा छौं । नेता र नेतृत्व परिवर्तन गरेका छौं । हामी सामाजिक सञ्जालले निर्माण गरेका नेता होइनौं,’ बाँस्तोलाले अनलाइनखबरसँग भनिन्,‘वडाअनुसार क्षेत्रमा फरक फरक समस्या छन् । ती समस्यालाई नीतिगत तहबाट समाधान गर्ने मेरो चुनावी एजेण्डा हो ।

पार्टीले केही दिनमा सार्वजनिक गर्ने १० भिजनसहित मतदाताको घरघरमा पुग्ने उनले बताइन् । कांग्रेस १० भिजनसहितको संकल्प-पत्र ल्याउँदैछ । संविधानको रक्षा र अग्रगमनको यात्रा सिङ्गो काठमाडौं निर्वाचन क्षेत्र नम्बर९ को विकास र समृद्धिका लागि’ चुनावी नारासहित उनी मतदाताकहाँ पुगिरहेकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामको आधारमा यस क्षेत्रमा पर्ने वडाहरुको मत विश्लेषण गर्दा कांग्रेस पहिलो शक्ति हो । काठमाडौं महानगरका चारनागार्जुन नगरपालिकाका पाँच र चन्द्रागिरि नगरपालिकाका पाँच गरी १४ वडा यस क्षेत्रमा पर्दछन् । ती मध्ये बहुमत (८ वटा) वडामा कांग्रेसले जितेका वडाध्यक्ष छन् । काठमाडौँ९ मा काठमाडौँ महानगरपालिकाको १२१४२१ र २२नागार्जुन नगरपालिकाको ६९ र १० र चन्द्रागिरि नगरपालिकाको ११२१३१४ र १५ वडा पर्दछन् ।

महानगरको वडा नम्बर १२१४ मा कांग्रेसवडा नम्बर २१ र २२ मा एमालेले जितेको छ । यस क्षेत्रमा परेका चन्द्रागिरि नगरपालिकाका पाँच वडामध्ये कांग्रेसले वडा नम्बर ११३ र १५ जितेको छ भने एमालेले वडा नम्बर १२ र १४ जितेको छ । नागार्जुन नगरपालिकाको ६९ र १० कांग्रेसले जितेको छ भने एमालेले ७ र ८ वडामा जितेको छ ।

लगातार दुईपटक निर्वाचत भएका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । उनको स्थानमा डा. अजयक्रान्ति शाक्यलाई अघि सारिएको छ । ५७ वर्षीय शाक्यले भूगर्भभौतिकअर्थशास्त्रसामाजिक र संगीतमा स्नातक गरेका छन् । बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य संगीतकर्मी समेत हुन् । उसु र मार्सलआर्टको खेलाडीसमेत रहेका शाक्यले इन्द्रजात्राबुद्धका मौलिक दर्शनद शाक्यज्’, ‘म मैन झैँ पग्लिरहेँ’ लगायतका पुस्तक लेखेका छन् ।

२०७४ सालमा यसै क्षेत्रको ९ (क) बाट प्रदेश सभामा निर्वाचित शाक्य संघीय संसदका लागि उम्मेदवार बनेका छन् । बागमती प्रदेश सदस्य रहँदा शाक्यले छोटो समय आन्तरिक मामिलाकानुन तथा संचार मन्त्रालयको मन्त्री बनेका थिए । एमाले अध्यक्ष ओली २०७२ सालमा प्रधानमन्त्री हुँदा शाक्य उनको  विज्ञानप्रविधिसामाजिकसाँस्कृतिक र विकास सल्लाहकार भएर समेत काम गरेका थिए । क्षेत्रका विकाससंस्कृतिसम्पदाको संरक्षणसंर्वद्धनलाई उनले शाक्यले चुनावी एजेण्डा बनाएका छन् । 

गत निर्वाचनमा कांग्रेसको साथ पाएर तेस्रो शक्ति बनेको तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) ले नेकपा राधाकृष्ण महर्जनलाई उम्मदेवार बनाएको छ ।  ५४ वर्षीय महर्जनले सामाजिक न्यायसुशासन र समृद्धिका लागि नेकपालाई मतदान गर्न आग्रह गर्दै चुनावी प्रचार गरिरहेका छन् ।

कांग्रेससँग चुनावी गठबन्धन गरेर गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट एकीकृत समाजवादीका पूर्व नेतालाई यस क्षेत्रमा उम्मेदवार बनाएको छ । एमाले हुँदै एकीकृत समाजवादी हाल उज्यालो नेपालमा रहेका रामेश्वर श्रेष्ठ प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको उपमेयरको प्रत्यासी भई पराजित भएका थिए ।

यस क्षेत्रमा मतदाताको संख्या ७८ हजार ४९५ जना छन् । महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी छ । महिला मतदाता ४० हजार २७८ हुँदा पुरुष मतदाताको संख्या ३८ हजार २१७ जना छन् ।





Read More