― Advertisement ―

Heartstopper Forever सँग नयाँ Netflix चलचित्रमा एक शानदार अप्रत्याशित द ओडिसी इस्टर एग छ – र यो मात्र होइन कि तिनीहरू दुबैको रिलीज मिति...

Spoilers for Heartstopper Forever अगाडि। चलचित्र मन पराउने जो कोहीको लागि जुलाई १७ एक उत्कृष्ट दिन थियो। हामीले क्रिस्टोफर नोलानको महाकाव्य The Odyssey, तर Netflix...
HomeLatest newsकाठमाडौं-सिंगापुर रुटमा सिंगापुर एयरलाइन्सले थाल्यो ‘बोइङ ७३७-८ म्याक्स’ जहाजको स्थायी सेवा

काठमाडौं-सिंगापुर रुटमा सिंगापुर एयरलाइन्सले थाल्यो ‘बोइङ ७३७-८ म्याक्स’ जहाजको स्थायी सेवा


राष्ट्रिय

समाचार.

  • सिंगापुर एयरलाइन्सले काठमाडौं–सिंगापुर रुटमा बोइङ ७३७–८ म्याक्स जहाजबाट स्थायी सेवा सुरु गरेको छ।
  • नयाँ जहाजमा पूर्णरूपमा सुत्न मिल्ने बिजनेस क्लास सिट र उडानभरि निःशुल्क वाइफाई सुविधा उपलब्ध छ।
  • सिंगापुर एयरलाइन्सले नेपालमा ३ कार्गो र १० ट्राभल कम्पनीलाई व्यापारमा योगदानका लागि सम्मान गरेको छ।

२४ कात्तिक, काठमाडौं । सिंगापुर एयरलाइन्सले काठमाडौं-सिंगापुर रुटमा ‘बोइङ ७३७-८ म्याक्स’ जहाजबाट स्थायी सेवा सुरु गरेको छ ।

यो नयाँ जहाज सञ्चालनले यस रुटमा यात्रा गर्ने यात्रुका लागि अभूतपूर्व आराम र सुविधा प्रदान गर्ने सिंगापुर एयरलाइन्सले जनाएको छ ।

यसअघि सिंगापुर एयरलाइन्सले यो रुटमा ‘बोइङ ७३७-८०० एनजी’ जहाज सञ्चालन गर्दै आएको थियो । अहिले गरिएको जहाज स्तरोन्नतिले समग्र उडान अनुभवलाई धेरै गुणा माथि पुर्‍याएको छ ।

कम्पनीका अनुसार नयाँ बोइङ ७३७-८ म्याक्स जहाजमा पूर्णरूपमा सुताउन मिल्ने बिजनेस क्लास सिट छन् । बिजनेस क्लासका यात्रुले अब पूर्णरूपमा समतल हुने सिटमा आरामदायी यात्रा गर्न सक्नेछन्, जसले गर्दा लामो यात्रापछि पनि स्फूर्त महसुस हुनेछ ।

सबै क्लासका यात्रुका लागि उडानभरि निःशुल्क वाइफाई उपलब्ध गराइएको छ । यसले यात्रुलाई काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन वा मनोरञ्जनका लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको सिंगापुर एयरलाइन्सको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) एभरेस्ट एक्सप्रेस इन्टरनेसनलले जनाएको छ ।

नयाँ पुस्ताको यो जहाजले आधुनिक क्याबिन डिजाइन, उन्नत इन्फ्लाइट मनोरञ्जन प्रणाली र उत्कृष्ट इन्धन दक्षताका साथ वातावरणमैत्री उडान अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार बोइङ ७३७-८ म्याक्स जहाजको सेवा काठमाडौं–सिंगापुर र सिंगापुर हुँदै अन्य गन्तव्यसम्मको यात्राका लागि स्थायी रूपमा उपलब्ध हुने छ। यो परिवर्तनले नेपालबाट विश्वभरि यात्रा गर्ने यात्रुका लागि सिंगापुर एयरलाइन्सको विश्वस्तरीय सेवामा निरन्तरता र गुणस्तरको सुनिश्चितता गरेको छ ।

३ कार्गो र १० ट्राभल कम्पनीलाई सिंगापुर एयरलाइन्सको सम्मान

यसैबीच सिंगापुर एयरलाइन्सले नेपालमा आफ्नो व्यापार बढाउन यो वर्ष उल्लेख्य योगदान गरेका ३ कार्गो कम्पनी र १० ट्राभल कम्पनीलाई सम्मान गरेको छ ।

सिंगापुरको जीएसए एभरेस्ट एक्सप्रेस इन्टरनेसनलका अनुसार ‘आउटस्ट्यान्डिङ कार्गो एजेन्ट अवार्ड’ बाट पायोनियर कार्गो, राइजिङ स्टार कार्गो र लिजेन्ड कार्गोलाई सम्मान गरिएको हो ।

त्यस्तै ‘इन्टरप्राइजिङ एजेन्ट अवार्ड’ बाट रुपाकोट इन्टरनेसनल ट्राभल्स, रुप्से होलिडेज, ऐश्वर्य ट्राभल्स, रोमिङ नेपाल र सुमेघ टुर्स एन्ड ट्राभल्स सम्मानित भएका छन् ।

यसैगरी ‘आउटस्ट्यान्डिङ ट्राभल एजेन्ट अवार्ड’ बाट प्रवास ट्राभल एन्ड टुर्स, बोन ट्राभल एन्ड टुर्स, सि लिंक्स ट्राभल्स एन्ड टुर्स, डा भिन्ची ट्राभल्स एन्ड टुर्स र ओशो वर्ल्ड ट्राभल नेपाल सम्मानित भएका छन् ।





Read More