१९ मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार वडाध्यक्ष थापाको निधन भएको थियो ।
स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

