― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले क्यालिफोर्नियाको पानीको उपयोगिताको उल्लङ्घन गरे जसले लाखौंलाई सेवा दियो र उनीहरूले अनलाइन भेट्टाएका सबै कुरा प्रकाशित गरे।

इरानी haaker र 5GB पानी पहुँच गर्ने दुई प्रणाली डाटाएक कमजोर सुरक्षित GPS उपकरणले आक्रमणकारीहरूलाई Cal वाटर भित्र सिधा बाटो दियोसात क्यालिफोर्निया जिल्लाहरूको लागि...
HomeLatest news‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प बाँकी रहेन’

‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प बाँकी रहेन’



१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरुले बताएका छन् ।

जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’

पत्रकार सम्मेलनमा बाचन गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीलाई विश्वास छ– पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ ।’





Read More