― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsकांग्रेसले २ दिनभित्र नयाँ सदस्यता फाराम पुर्‍याउने

कांग्रेसले २ दिनभित्र नयाँ सदस्यता फाराम पुर्‍याउने


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले महाधिवेशनको तयारीमा १६५ निर्वाचन क्षेत्रमा दुई दिन भित्र नयाँ सदस्यता फाराम पुर्‍याउने निर्णय गरेको छ।
  • सदस्यता व्यवस्थापन समितिले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फाराम पठाउने र पासकोड वितरण गर्ने निर्णय गरेको छ।
  • समितिका सदस्यहरूले बिहीबार सबै प्रदेशमा क्रियाशील सदस्यताको अवस्था बारे छलफल गर्ने योजना बनाएका छन्।

१७ मंसिर, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले दुई दिन भित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको छ ।

सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने निर्णय गरेको हो ।

नयाँ सदस्यता फर्म पठाउँदा क्षेत्रमा जनसंख्या र क्लष्टरको आधारलाई समेत मापदण्ड बनाइएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी गराए ।

बैठकले नवीकरणका लागि सबै जिल्ला समितिलाई पासकोड समेत पठाउने निर्णय गरेको छ । जेनजी आन्दोलनको क्रममा क्षति पुगेका कार्यालयमा अभिलेखको अवस्थाबारे जानकारी क्रियाशील सदस्यता व्यवस्थापन समितिले लिने भएको छ ।

शुक्रबार सबै भ्राृत संस्थाका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका बारेमा छलफल गरिने भएको छ ।

सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा लिनका लागि छलफल गर्ने लागिएको रसाइलीले जानकारी गराए ।

समितिका तीन सदस्य स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीले बिहीबार सबै प्रदेशमा क्रियाशील सदस्यताको अवस्था बारे छलफल गर्ने भएका छन् ।





Read More