― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsकांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।

बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१५ औं महाधिवेशनका लागि पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।

कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरेफेरको तयारी गरिएको छ ।

संस्थापन पक्ष आगामी २ माघमा वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा २६ पुसमा वडा अधिवेशन गर्नुपर्ने बताइरहेका स्रोतको भनाइ छ ।

१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।





Read More