― Advertisement ―

‘मिलाना-कोर्टिनाको लागि हाम्रो कामले नेटवर्कको नयाँ पुस्ता सिर्जना गर्न मद्दत गरिरहेको छ’: HPE ले २०२६ शीतकालीन ओलम्पिकको नेटवर्क ब्याकबोन हुन के लिन्छ भनेर बताउँछ।

The 2026 शीतकालीन ओलम्पिक मिलान-कोर्टिनामा आधुनिक समयमा सबैभन्दा बढी माग गरिएको थियो, यो तीनवटा क्षेत्रहरूमा फैलिएको थियो, जुन यसलाई उत्तरी भागमा सबैभन्दा धेरै पढिएको...
HomeLatest newsकांग्रेसको आधिकारिता विवादबारे छलफलमा जुट्यो निर्वाचन आयोग

कांग्रेसको आधिकारिता विवादबारे छलफलमा जुट्यो निर्वाचन आयोग


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता विवादबारे अनौपचारिक छलफल सुरु गरेको छ।
  • विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाले दलको विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएका छन्।
  • शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नभएको दाबी गर्दै आयोगलाई विरोध जनाएका छन्।

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिताको विवादबारे निर्वाचन आयोग अनौपचारिक छलफलमा जुटेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले दलको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । उनीहरूले विशेष महाधिवेशनबाट भएको निर्णय र चयन भएको कार्यसमितिअनुसार दलको विवरण अद्यावधिकका लागि निवेदन दिएका हुन् ।

यसअघि नै १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले विधेयश महाधिवेशनसम्बन्धी कुनै कार्यक्रम नरहेको भनेर निवेदन दिइसकेको छ । यो अवस्थामा आयोग के गर्ने भनेर अनौपचारिक छलफलमा जुटेको हो ।

गत राति सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेको छ । तर, १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निस्कासन गर्ने निर्णय गरेका छन् ।

दुवै पक्षले पार्टीको आधिकारिता आफूसँग रहेको दाबी गरेका छन् । यो अवस्थामा आयोगले कांग्रेसको विधान, विगतका नजिर, सम्बन्धित अन्य ऐनलाई एक ठाउँमा राखेर अध्ययन सुरु गरेको हो ।

यसअघि पनि आयोगले यो विषयमा छलफल गरेको छ । निवेदन नै पुगेपछि प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका अन्य आयुक्त र कर्मचारीहरू अनौपचारिक छलmफलमा जुटेका हुन् ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तगर्त समानुपातिक तर्फको मनोनयन भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गतेका लागि छ ।

विशेष महाधिवेशनले निर्वाचित गरेको गगन थापाको उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने गरी आयोगमा निवेदन दिइएको छ । यसअघि शेरबहादुर देउवाले मनोनयन पत्रमा हस्ताक्षर गर्ने अधिकार पाएका थिए । यसकारण पनि कांग्रेसको आधिकारिताको विषयमा निर्वाचन आयोगले केही दिन भित्रै निर्णय दिनुपर्छ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएकाहरूले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगमा निवेदन दिएका हुन् । जहाँ दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेरको जानकारी निर्वाचन आयोगलाई दिनुपर्ने भनिएको छ ।

तर, १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै भएको छैन भनेर दाबी गरेको छ । यस्तो अवस्थामा आयोगले प्राप्त विवरण अध्ययन गर्ने कुन प्रक्रियाबाट लविवाद निरुपण गर्ने भनेर अनौपचारिक छलफल सुरु गरेको हो ।





Read More