― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsकांग्रेस सहमहामन्त्रीको तयारीमा डा. डिला संग्रौला

कांग्रेस सहमहामन्त्रीको तयारीमा डा. डिला संग्रौला



५ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला मधेश यात्रामा निस्किएकी छिन् । पार्टीको आशन्न महाधिवेशन लक्षित गरेर उनी मधेश यात्रामा निस्किएकी हुन् ।

मधेश कांग्रेसको आधारभूमि भएकाले आफूले मधेश यात्रा गरेको उनको भनाइ छ । ‘मैले जिल्ला–जिल्लामा साथीहरूसँग छलफल गरेर कसरी पार्टी रूपान्तरण गर्ने भनेर छलफल गरिरहेकी छु’, नेतृ संग्रौलाले भनिन्, ‘मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन ।’

१५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा उनले जोड दिइन् ।

‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यममात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो’, संग्रौलाको भनाइ छ, ‘त्यसैलै हामीलाई पदमात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ ।’

उनले पार्टीभित्रको परिवारवाद र चाकरी प्रथालाई अन्त्य गर्दै क्रियाशील सदस्यताको वितरणलाई पारदर्शी बनाउन सबैले खबरदारी गर्नु पर्नेमा जोड पनि दिइन् ।

पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । ‘कांग्रेसले मधेशलाई भोट बैंकको रूपमा मात्र नभएर विचारको केन्द्रका रूपमा हेर्नु पर्छ’, संग्रौलाले भनिन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको भन्दै उनले सुझबुझपूर्ण नेतृत्व नै आजको आवश्यकता रहेको बताइन् ।

भ्रातृ संगठन नेपाल महिला संघको नेतृत्व गरिसकेकी नेतृ संग्रौला पछिल्लो समय महाधिवेशनको तिथि-मितिबारे चुलिएको आन्तरिक विवादमा निर्धारित मितिमै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा उभिएकी थिइन् ।

उनीसहित २८ जना केन्द्रीय सदस्यहरूले निर्धारित मितिमै नियमित महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । पार्टीले महाधिवेशनको मिति तोकेपछि संग्रौलाले आफ्ना गतिविधिहरू मधेश केन्द्रित गरेकी हुन् ।

आगामी महाधिवेशनमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेकी संग्रौलाले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको भ्रमण पूरा गरेकी छिन् । उनले बाँकी जिल्लाहरू भ्रमण सोमबारसम्म पूरा गरिसक्ने प्रतिक्रिया दिएकी छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More